काठमाडौं । नेपालले हङकङमा जारी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको उपाधीको लागि बुधबार पपुवा न्युगिनी(पीएनजी)सँग खेल्दैछ ।
आज भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली हङकङलाई पराजित गरि पीएनजीले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
पीएनजीले हङकङलाई १० विकेटले पराजित गरेको हो । मंगलबार भएको समूह चरणको खेलमा नेपालले पीएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । खेल हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान सवा ११ मा सुरु हुनेछ ।
मंगलबार पीएनजीसँग खेलेको टिममा एक परिवर्तन हुने सम्भावना छ । आरिफ शेखको स्थानमा सागर ढकालले मौका पाउने सम्भावना छ । गत साता घरेलु भुमिमा नेदरल्यान्ड्स, नेपाल र नामिबिया रहेको त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको फाइनल गुमाएको नेपालले यस सिरिजको उपाधी जित्ने लक्ष्यमा रहने छ ।
ओपनरमा नियमित ओपनर कुशल भुर्तेल र विनोद भण्डारीले निरन्तरता पाउने सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलले निरन्तरता रहने सम्भावना छ । चौथो नम्बरमा गुलसन झाले मौका पाउने सम्भावना छ ।
पाँचौ नम्बरमा सन्दीप जोराले मौका पाउने सम्भावना छ । छैठौं नम्बरमा लोकेश बमले मौका पाउने सम्भावना छ । सातौ नम्बरमा विवेक यादवले मौका पाउने सम्भावना छ । आठौं नम्बरमा करण केसीको सम्भावना रहेको छ ।
नवौं नम्बरमा प्रतिश जिशीले स्थान बनाउने सम्भावना छ । दशौं नम्बरमा सागर ढकालले मौका पाउने सम्भावना छ । एघारौं नम्बरमा आकाश चन्दको सम्भावना छ ।
नेपालको सम्भावित प्लेईङ-११
कुशल भुर्तेल, विनोद भन्डारी(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), गुलसन झा, सन्दीप जोरा, लोकेश बम, विवेक यादव, करण केसी, प्रतिश जिसी, सागर ढकाल र आकाश चन्द ।