पूजाको अलराउन्ड प्रर्दशनमा नेपालको सान्त्वना जित

काठमाडौं । कप्तान पूजा महतोको अलराउन्ड प्रर्दशनप्रेरित नेपालले आइसिसी महिला यु-१९ टी-२० विश्वकपमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेको छ।

शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले दिएको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।

नेपालकाे जितमा पूजा महताले अविजित २३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन्। मलेलियाका लागि तीनै विकेट मर्स्याले लिइन्।

त्यसटस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गसमाउँदै ४५ रनको योगफल तयार परेको थियो।

नुरीमनले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक ४ विकेट लिइन्। यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन्। जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो। यसैगरी रचना चौधरीले ३ तथा रिया शर्मा र सीमान समान १ विकेट लिए।

यससँगै नेपालले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ। मलेलिया भने जितविहिन रह्यो। नेपाल समूह ‘डी’ तथा मलेसिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए। समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो। यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]