प्रधानमन्त्री कप : सर्वाधिक विकेट लिने ५ बलर

काठमाडौं । प्रधानमन्त्री कपको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै उपाधी जित्न सफल भयो ।

यस प्रतियोगितामा सहभागी हरेक टोलीले कम्तिमा पनि ९ खेलमा सहभागीता जनाउने अवसर पाए । यस प्रतियोगिता स्पिन बलरहरुका लागि केही सुखद रहेको मान्न सकिन्छ ।

प्रतियोगिताको सर्वाधिक विकेट लिने पाँच बलरहरु यसप्रकारका रहेका छन् :

१) सुर्य तामाङ

प्रतियोगिताको सवोत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट बलर बन्न सफल तामाङले प्रतियोगिता अवधी भर ३ दशमलब ०५ को इकोनोमिमा ३० विकेट लिएका थिए । प्रतियोगिताको ईतिहासमा एकै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी समेत सुर्य हुन् ।

बागमती प्रदेशबाट खेल्दै ९ खेलमा उनले ३० विकेट लिएका हुन् । सुर्यको उत्कृष्ट बलिङको सहयोगमा शीर्ष चारमा रहँदै बागमतीले इलिट ट्रफिमा स्थान बनाएको छ । सुर्यले तीन खेलमा पाँच वा सो भन्दा बढी विकेट लिएका थिए । उनले लुम्बिनी प्रदेश र मधेश प्रदेशविरुद्ध समान ६ तथा विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध पाँच विकेट लिएका थिए ।

२) शेर मल्ल

सुदूरपश्चिम प्रदेशका खेलाडी मल्लले नौ खेलमा ४ दशमलब ६१ इकोनोमिमा २४ विकेट लिएका थिए । मल्लले कोशी र गण्डकी प्रदेशका विरुद्ध समान ५ विकेट लिएका थिए । प्रधानमन्त्री कपमा आफुले खेलेका ९ मध्ये तीन खेलमा उनी विकेट बिहिन रहे ।

३) ललितनारायण राजवंशी

नेपाल पुलिस क्लबलाई उपाधी जिताउन प्रमुख भुमिकामा रहेका राजवंशीले १० खेलमा २३ विकेट लिएका थिए । नेपाल एपीएफ क्लबविरुद्धको खेलमा राजवंशीले ५ विकेट लिएका थिए । १० मध्ये दशै खेलमा राजवंशीले विकेट लिएका छन् ।

४) साहब आलम

त्रिभुवन आर्मीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भुमिकामा रहेका आलमले १० खेलमा २३ विकेट लिएका थिए । आलमले कोशी प्रदेशविरुद्ध ६ विकेट लिएका थिए । उनले १० मध्ये दशै खेलमा विकेट लिएका थिए ।

५) विपिन खत्री

गण्डकी प्रदेशका कप्तान समेत रहेका खत्रीले ९ खेलमा २० विकेट लिएका थिए । खत्रीले कोशी प्रदेशविरुद्ध ४ रन मात्र खर्चिएर ६ विकेट लिएका थिए । उनले खेलेका ९ मध्ये एक मात्र खेलमा विकेट विहिन रहे ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]