फ्रेन्डसिप कप जित्न नेपाललाई २१३ रनको लक्ष्य

काठमाडौं । हङकङविरुद्ध फ्रेन्डसिप कप जित्न नेपालले २ सय १३ रनको लक्ष्य पाएको छ ।

हङकङमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो ।

हङकङका लागि बाबर हायातले ४९ बलमा ३ चौका र १३ छक्काको सहयोगमा १ सय १० रनको शतकीय ईनिङ खेले । टी-ट्वान्टी आई करियरको दोस्रो शतक बाबरले ४६ बलमा ३ चौका र १२ छक्का प्रहार गर्दै पूरा गरे । शतक बनाउँदै बाबर आकाश चन्दको बलमा कप्तान रोहित पौडेको हातबाट क्याच आउट भए ।

अंशुमन रथले ३२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । रथ प्रतिश जिशीको बलमा आउट भएका थिए । अजिज खानले बलमा रन बनाए । ओपनर मार्टिन कोट्जेले २१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । कोट्जे यसै खेलमा डेब्यु गरेका आकाश चन्दको बलमा आउट भए । अर्का ओपनर तथा कप्तान निजाकत खानले खाता खोल्न सकेनन् ।

तेस्रो ओभरको दोस्रो बलमा नै विकेट लिएर हङकङलाई नेपालले दबाबमा ल्याएको थियो । पाँचौ ओभरमा ३४ रन बनाउँदै हङकङ दबाबमा आए पनि तेस्रो विकेटका लागि बाबर हायात र अंशमन रथबीच ८० रनको साझेदारी भएपछि नेपाल दबाबमा आएको थियो ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिशी, राशिद खानले समान १/१ विकेट लिए ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]