बंगलादेशले नेदरल्यान्ड्सलाई दियो १६० रनको लक्ष्य

२०८१ जेष्ठ ३१, बिहीबार २२:१३

काठमाडौं । बंगलादेशले वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेदरल्यान्ड्सलाई जितका लागि १ सय ६० रनको लक्ष्य दिएको छ ।

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनायो ।

बंगलादेशका लागि सकिब अल हसनले ४६ बलमा ९ चौकाको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । तन्जिम हसनले २६ बलमा ३५ रन बनाए । महमदुल्लाहले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।

नेदरल्यान्ड्सका लागि पल भान मिकरन र आर्यन दत्तले समान दुई दुई तथा टिम प्रिगेलले एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy