बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । विश्वकप लिग टू अन्तर्गतको क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणमा रहने २२ सदस्यिय नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यिय टोलीको घोषणा गरेको हो ।

क्यानडामा आयोजना हुने त्रिकोणात्मक ओडिआई सिरिजमा सहभागीता रहने बन्द प्रशिक्षणका लागि टोलीको घोषणा भएको हो । नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा १ खेल मात्र जितेको थियो ।

नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।

बन्द प्रशिक्षणका लागि घोषित नेपाली टोली

रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामागं, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा





थप समाचार

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]

क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई हराउँदै क्रिकेट एक्सिलेन्स सेन्टर फाइनलमा प्रवेश गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार […]