बाबर हायातले विस्फोटक ब्याटिंग गर्दा चितवनद्वारा पोखरा पराजित

पोखरा प्रिमियर लिग टि-२० ( पिपिएल ) अन्तर्गत तेश्रो दिन सम्पन्न एक मात्र खेलमा चितवन राइनोजले डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको पोखराले भने पहिलो हार बेहोरेको छ।

पोखरा स्थित पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै पोखराले दिएको १०८ रनको लक्ष्य चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

चितवनको जितमा बाबर हायातले उत्कृस्ट ब्याटिंग गरे। हंगकंग क्रिकेट टिमका पुर्वकप्तान समेत रहेका हायातले अविजित ६६ रन बनाए जुन क्रममा ४२ बलमा ४ छक्का र ६ चौका प्रहार गरे। सन्नी पटेलले अविजित १८ रन बनाए। पटेलले १८ बलमा २ छक्का र १ चौका हिर्काए।

सुरुवाती ४ विकेट थोरै अन्तरालमा गुमाएको चितवन एक समय ५८/४ को अवस्थामा रहेको थियो। सो अवस्थामा बाबर र सन्नीले चौथो विकेटको लागि ५० रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।

यस अघि रोहन मुस्तफा ११ रन, अनिल साह ० , कप्तान पारस खड्का ४ रन तथा आरिफ शेख १ रनबनाएर आउट भएका थिए।

पोखराको बलिंगमा राशिद खान र सर्वजित लड्डाले २/२ विकेट लिए। महँगो सावित भएका भारतीय खेलाडी लड्डाले ४ ओभरमा ४८ रन खर्चिए।

राशिद खानले २ विकेट लिए

यस अघि टस हारेर ब्याटिंग गरेको पोखरा पल्टनले २० ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो।

कमजोर सुरुवात गरेको पोखराका ओपनर कुशल भुर्तेल ५ तथा आसिफ शेख १० रन बनाएर आउट भए। अघिल्लो खेलमा अर्धशतक बनाएका कुशललाई सन्नी पटेलले एलबिडब्लु आउट गरे भने आसिफलाई बिक्रम सोबले क्याच आउट गराए। १० रन बनाएर रभी इन्दर सिंह पनि पेभेलियन फर्किंदा पोखरा झनै दबाबमा पर्यो। उनलाई पारस खड्काले बोल्ड गरे।

अगतर विकेट गुमेता पनि शरद भेसावकरले एक किनार सम्हालेर धैर्यतापूर्वक ब्याटिंग गरे। तर अर्को किनारबाट लगातार विकेट जाने क्रम रोकिएन। बिनोद भण्डारी ७ रन, कुशल मल्ल १३ रन तथा रोहित पौडेल खाता नखोली आउट भए।

४५ रन बनाएर कप्तान शरद पनि १८ औं ओभरमा आउट भए। शरदलाई रोहन मुस्तफाले आफ्नै बलमा आफैले क्याच आउट गराए। शरदले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। राशिद खानले १ छक्का मदतले १० रन बनाए।

शरद भेसावकरले ४५ रन बनाए

चितवनको बलिंगमा रोहन मुस्तफा, भुवन कार्की र सन्नी पटेलले समान २/२ विकेट हात पारे। रोहनले ४ ओभरमा २२ रन, सन्नीले ४ ओभरमा १५ रन तथा भुवनले ३ ओभरमा १६ रन खर्चिए। बिक्रम सोब, करन केसी र पारस खड्काले १/१ विकेट लिए।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]