बिनोद, ललित र पवनको प्रदर्शनमा नेपालसंग एमसीसी पराजित

नेपाल भ्रमण अन्तर्गत आफ्नो दोश्रो खेलमा मेरीलेबन क्रिकेट क्लब ( एमसीसी ) ले दोश्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमसंग हार बेहोरेको छ। पहिलो खेलमा एमसीसीले नेपाली यु-१९ टिमलाई ३८ रनले पराजित गरेको थियो।

टुर अन्तर्गत अब एमसीसीले बुधबार देखि नेपाली सिनियर टिमसंग ३ दिवसीय प्रथम श्रेणी खेल खेल्नेछ।

टियु मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको एमसीसीले ३९.५ ओभरमा सबै विकेट गुमाएर २०१ रनको योगफल तयार गर्दै नेपाललाई २०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित लक्ष्य ३७.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। स्कोरकार्ड 

लक्ष्य पछ्याउने क्रममा एक समय १३६/५ को अवस्थामा रहेको नेपाललाई त्यसपछि बिनोद भण्डारी र पवन सर्राफले अविजित साझेदारी गर्दै जितसम्म पुर्याए। बिनोदले अविजित ५२ तथा पवनले अविजित ३८ रन बनाए।

यस अघि शरद भेसावकर २४, आरिफ शेखले २३, दिपेन्द्र ऐरि २३, ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे ४ रन बनाएर आउट भएका थिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा एमसीसीले राम्रो सुरुवात गरेता पनि २०१ रन मात्रै बनाउन सकेको थियो।

एमसीसीको लागि ओपनरद्वय विल रोड्सले सर्वाधिक ५४ तथा बिल्ली गडलेमेनले ५२ रन बनाए। दुवैले पहिलो विकेटको लागि १०.४ ओभरमा ७३ रनको साझेदारी गरे। गडलेमेनले पहिलो विकेटको रुपमा आउट हुनु अघि मात्र ३८ बलमा ८ चौका र २ छक्का प्रहार गरे। रोड्सले ७१ बलमा ५ चौका प्रहार गरे।

Lalit Rajbanshi
Lalit Rajbanshi

१९ औं ओभरमा टम वेस्ट्लेलाई बोल्ड गर्दै तेश्रो विकेट ललित राजबंशीले दिलाएपछि एमसीसीले ठुलो साझेदारी बनाउन सकेन र लगातार जसो विकेट गुमाउन पुग्यो। चौथो नम्बरमा ब्याटिंग गरेको विल भान्डरस्परले ३६ रन बनाउनु बाहेक मध्ये क्रमका र तल्लो क्रमका ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन सकेनन्।

एक समय १०७/२ को अवस्थामा रहेको एमसीसीले १७९/६ को अवस्थामा पुग्यो जहाँबाट विकेट जाने क्रम रोकिन सकेन र टिम ३९.५ ओभरमा २०१ रनमै समेटिन पुग्यो।

नेपालको बलिङ्गमा देब्रे हाते स्पिनर ललित राजबंशी र अफ स्पिनर पवन सर्राफले ४/४ विकेट लिए। राजबंशीले १० ओभरमा १ मेडन ओभर सहित ४० रन तथा सर्राफले ८ ओभरमा १ मेडन गर्दै ३१ रन खर्चिए। करन केसी र अविनाश बोहराले समान १/१ विकेट लिए।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]