बि एण्ड आर कप : नेपालको दोश्रो जित, म्यानमार पराजित

२०७६ कार्तिक २८, बिहीबार २०:४४

चिनमा जारि ‘बि एण्ड आर कप’ महिला टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली अन्डर-१९ महिला टिमले म्यानमार यु-१९ टिमलाई पराजित गरेको छ।

प्रतियोगितामा नेपालको यो दोश्रो जित हो। यस अघि नेपालले चिनलाई ८ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा थाईल्याण्डसंग २९ रनले पराजित भएको थियो।

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा म्यानमारले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ७२ रन मात्र बनाउन सक्यो बनाउन सक्यो। म्यानमारको योगफलमा नेपालले ३१ रन अतिरिक्त रन मार्फत योगदान दिएको थियो जसमा २६ वाइड सामेल थियो।

Player of the match Kritika Marasini

म्यानमारलाई सस्तोमा समेट्न कृतिका मरासिनीले ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभर बलिङ्ग गर्दै मात्र ६ रन खर्चीन्। इश्वरी बिस्टले २ ( ३-०-१५-२ ) तथा शिला रेग्मी र लक्ष्मी साउदको नाममा १/१ विकेट रह्यो।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०७ रन बनाएको थियो। नेपालको लागि कविता कुँवरले सर्वाधिक २८ रन , कप्तान डली भट्ट र शिला रेग्मी क्षेत्रीले समान १५ रन तथा यसोधा बिस्टले १० रन बनाइन्। म्यानमारले अतिरिक्तको रुपमा २५ रन खर्चिएको थियो।

खेलको प्लेअर अफ द म्याच कृतिका मरासिनी चुनिइन्।  प्रतियोगिता अन्तर्गत नेपालले चौथो खेल मलेसियासंग शुक्रबार खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy