भारतविरुद्ध अस्ट्रेलिया ३१० रनले अघि

काठमाडौं । चौथो टेस्टको दोस्रो दिनको खेलमा भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउँदै १६४ रन मात्र बनाएपछि अस्ट्रेलियाले भारतविरुद्ध फराकिलाे अग्रता बनाए छ। अस्ट्रेलियाले ३१० रनले अघि रहेकाे हाे।

भारतका लागि यशस्वी जैसवालले सर्बाधिक ८२ रन बनाए भने विराट कोहलीले ३२ र केएल राहुलले २४ रन बनाए। त्यस्तै, कप्तान रोहित शर्मा ३ र आकास दीप शुन्यमा आउट भए। दोस्रो दिनको खेल सकिदा भारतका ऋषव पन्त ६ रन र रविन्द्र जडेजा ४ रन बनाएर क्रिजमा रहेका छन्।

यता, अस्ट्रेलियाका लागि कप्तान पाट कमिन्स र स्कट बोल्याण्डले २-२ विकेट लिएका थिए।

त्यसअघि सिरिजको चौथो टेस्टमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले स्टिभ स्मिथको शानदार १४० रनको मद्धतले ४७४ रन बनाएको थियो। अस्ट्रेलियाका लागि मार्नस लाबुसचानेले ७२ रन बनाएका थिए भने आफ्नो डेभ्यु खेलमै साम कोनस्टासले ६० रन बनाएका थिए। त्यस्तै उसमान ख्वाजाले ५७ र कप्तान पाट कमिन्सले ४९ रन बनाएका थिए।

भारतका लागि जसप्रित बुमराहले ४, रविन्द्र जडेजाले ३ तथा आकास दीपले २ विकेट लिए।

जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ। पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो। त्यस्तै तेस्रो टेस्ट बराबरी भएको थियो।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]