भारतविरुद्ध अस्ट्रेलिया ३१० रनले अघि

२०८१ पुष १२, शुक्रबार २०:४२

काठमाडौं । चौथो टेस्टको दोस्रो दिनको खेलमा भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउँदै १६४ रन मात्र बनाएपछि अस्ट्रेलियाले भारतविरुद्ध फराकिलाे अग्रता बनाए छ। अस्ट्रेलियाले ३१० रनले अघि रहेकाे हाे।

भारतका लागि यशस्वी जैसवालले सर्बाधिक ८२ रन बनाए भने विराट कोहलीले ३२ र केएल राहुलले २४ रन बनाए। त्यस्तै, कप्तान रोहित शर्मा ३ र आकास दीप शुन्यमा आउट भए। दोस्रो दिनको खेल सकिदा भारतका ऋषव पन्त ६ रन र रविन्द्र जडेजा ४ रन बनाएर क्रिजमा रहेका छन्।

यता, अस्ट्रेलियाका लागि कप्तान पाट कमिन्स र स्कट बोल्याण्डले २-२ विकेट लिएका थिए।

त्यसअघि सिरिजको चौथो टेस्टमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले स्टिभ स्मिथको शानदार १४० रनको मद्धतले ४७४ रन बनाएको थियो। अस्ट्रेलियाका लागि मार्नस लाबुसचानेले ७२ रन बनाएका थिए भने आफ्नो डेभ्यु खेलमै साम कोनस्टासले ६० रन बनाएका थिए। त्यस्तै उसमान ख्वाजाले ५७ र कप्तान पाट कमिन्सले ४९ रन बनाएका थिए।

भारतका लागि जसप्रित बुमराहले ४, रविन्द्र जडेजाले ३ तथा आकास दीपले २ विकेट लिए।

जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ। पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो। त्यस्तै तेस्रो टेस्ट बराबरी भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy