काठमाडौं । विश्वकप विजेता भारतीय टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ । आज स्वदेश फर्किएसँगै टिमले प्रधानमन्त्रीलाई उहाँकै निवासमा भेटेको हो ।
जुलाई १ मै भारतीय टिम टोली न्युयोर्क हुँदै दिल्ली आउने तालिका थियो । तर, मौषमका कारण खेलाडी तीन दिन देखि बार्बाडोसमै रोकिएपछि भारतीय क्रिकेट बोर्डले सरकारसँगको सहकार्यपछि सिधै खेलाडीलाई चार्टर गरेर स्वदेश फर्काएको हो ।
दिल्लीबाट टोली मुम्बईका लागि हिडिसकेको छ । त्यहाँ टोली विजयी र्यालीमा समावेश हुनेछ ।
भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि उचालेको हो । यसअघि भारतले सन् २००७ मा पनि विश्वकप जितेको थियो । भारतले आईसिसीले आयोजना गर्ने प्रतियोगिता ११ वर्षपछि जितेको हो ।
