काठमाडौं,असोज १०
एभरेस्ट प्रिमियर लिगअन्तर्गत आइतबार भएको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले र पोखरा राइनोजबीचको खेल वर्षाका कारण प्रभावित हुँदा अंक बाँडेका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले १०.१ ओभरमा सात विकेटको क्षतिमा ६५ रन बनाउँदा वर्षा भएको थियो । त्यसपछि लगातार वर्षा चलेपछि दुवै टोलीमा अंक बाँडिएको हो । विवेक यादव १६ रन र विक्रम सोब ७ रनमा हुँदा वर्षा भएको थियो । त्यसपछि लगातार वर्षा भएपछि अम्पायरले खेल रद्द गरेका हुन् । त्यसअघि पोखराका ओपनरद्वय रिचर्ड लेभी शुन्यमा र सुनील धमला १ रनमा नै आउट भएका थिए ।
विपिन रावल ६ रन,कप्तान विनोद भण्डारी शुन्य र लोकेश बम पनि शुन्यमा नै पवेलियन फर्किएका हुन् । भैरहवाका दुर्गेस गुप्ताले तीन विकेट, धमिका प्रसाद, अविनाश बोहोरा र तुलबहादुर थापाले समान एक विकेट लिए । पोखराले श्रीलंकन ब्याट्सम्यान असेला गुनरत्नेलाई २३ रनमा रनआउटका रुपमा गुमाएको थियो । उनलाई तमिम एकबलले रनआउट गरेका हुन् । वेस्ट इन्डिजका केसरिक विलियम्स पनि शुन्यमा नै पवेलियन फर्किएका थिए ।
थप समाचार
अन्तर्राष्ट्रिय क्रिकेट
स्कटल्याण्डसँग खेल्दै नेपालकठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]
घरेलु क्रिकेट
प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआतकाठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]
घरेलु क्रिकेट ( पुरुष )
पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाईअर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]
घरेलु क्रिकेट
कर्णालीमाथि लुम्बिनीको सहज जितकाठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]
घरेलु क्रिकेट
सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमाकाठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]
अन्तर्राष्ट्रिय क्रिकेट
नेपाल पाँच विकेटले पराजितकाठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]