मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन विकेटले हराएको छ ।

यस जितसँगै नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको छ ।

मलेसियाको बाँगीस्थित बाईएसडी यूकेएम ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रन बनाएको थियो ।

११० रनको लक्ष्य नेपालले १९.२ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो । यससँगै नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको छ ।

मलेसिया भ्रमणमा रहेको नेपाल पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेल सात विकेटले जित्न सफल नेपालले तेस्रो खेल २७ रनले जितेको थियो ।

चौथो खेलमा नेपाल चार विकेटले पराजित भएपछि शृंखला २-२ को बराबरी भएको थियो । आज सम्पन्न अन्तिम खेलमा नेपाल तीन विकटले विजयी हुँदै शृंखला आफ्नो पक्षमा पार्न सफल भएको हो ।

११० रनको लक्ष्य पूरा गर्नेक्रममा नेपालकी सीताले ३७ बलमा ६ चौकासहित ३४ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले २३ रन बनाउँदा ज्योति पाण्डे ११ र अप्सरी बेगम १५ रनमा अविजित रहे । ओपनर कविता कुँवरले चार तथा इन्दु वर्मा र विन्दु रावलले समान पाँच रन बनाए । सम्झनाकुमारी खड्का शून्यमा पवेलियन फर्किइन् ।

मलेसियाकी आइना हमिजाह हशिमले दुई विकेट लिइन् । महिराह इजाती स्माइल, विनफ्रिड एन्नी दुराईसिनगम र आइसा एलीसा फिरदौजले एक एक विकेट लिए ।

त्यसअघि मलेसियाका लागि वान जुलिया वान मोह रोस्दीले ४७ रन बनाउँदा दुराईसिनगमले २४ र स्माइलले २० रन जोडिन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कविता जोशीले दुई विकेट लिँदा इश्वरी विष्टले एक विकेट लिइन् ।





थप समाचार

क्यानले पायो डिजिटल फ्यान अवार्ड

काठमाडौं । नेपालले २०२३ को आइसीसी डिजिटल फ्यान ईन्गेजमेन्ट अवार्ड जितेको छ । नेपाल क्रिकेट संघ (क्यान) का विभिन्न सोसल […]

एसिया कपमा युएईसँग पहिलो पटक खेल्दै नेपाल

काठमाडौं । नेपालले शुक्रबार युएईविरुद्ध खेल्दै नवौं संस्करणको एसीसी महिला एसिया कप २०२४ को सुरुआत गर्दैछ । अन्य प्रतियोगितामा नेपाल […]

ओमान र स्कटल्यान्डले अंक बाडे

काठमाडौं । ओमान र स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा वर्षाका कारण खेल नतिजाबिहीन रुपमा सकिएपछि अंक बाडेका छन् […]

हार्दिकलाई पछि पार्दै सुर्यकुमार नयाँ कप्तान बन्दै

काठमाडौं । भर्खरै सकिएको टी-२० विश्वकपको उपाधि जितेको भारतीय टोलीको यस महिनाको अन्त्यमा हुने श्रीलंका भ्रमणमा टी-२० टोलीको कप्तानीमा सुर्यकुमार […]

नेपालको रोमान्चक जित

काठमाडौं । नेपाली महिला टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट टोलीलाई रोमान्चक रुपले हराएको छ । एसीसी एसिया […]

नेपालले दियो ११३ रनको लक्ष्य

काठमाडौं । एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेलमा १ सय १३ रनको लक्ष्य […]