युएईले नेपाललाई दियो १ सय २३ रनको लक्ष्य

२०८१ कार्तिक २४, शनिबार १२:५४

काठमाडौं । युएईमा जारी यु १९ महिला विश्वकपको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई घरेलु टोलीले जितका लागि १ सय २३ रनको लक्ष्य दिएको छ ।

युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो ।

युएईका लागि रनिथा रजिथाले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोड्दा ओपनर लाभन्या केन्यले ३२ बलमा २० बनाइन् । इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy