युएई ६२ रनमा नै अल आउट, सिरिज स्कटल्यान्डलाई

२०८० चैत्र २, शुक्रबार ०८:२८

काठमाडौं । स्कटल्यान्डविरुद्धको तेस्रो टी-ट्वान्टी आई खेलमा घरेलु टोली युएई ६२ रनमा नै अल आउट भएको छ ।

दुबईमा भएको तीन खेलको टी-ट्वान्टी आई सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको ९५ रनको लक्ष्य पछ्याएको युएई ६२ रनमै अल आउट भएको हो ।

यो जितसँगै स्कटल्यान्डले सिरिज २-१ ले जितेको छ । स्कटल्यान्डले दिएको ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोली १५ दशमलब २ ओभरमा ६२ रनमा अल आउट भयो ।

युएईका लागि सात खेलाडीले खाता नै खोल्न सकेनन् । अकिफ राजाले २५ बलमा २८ तथा राहुल चोपराले १९ बलमा १४ रन बनाए ।

स्कटल्यान्डका लागि बर्डेले कुरिस, ज्याक जार्भिस र मार्क वाटले समान ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ दशमलब ४ ओभरमा अल आउट हुदै ९४ रन मात्र बनायो ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले १८ बलमा २१ तथा मार्क वाटले १३ रन बनाए ।

युएईका लागि शफि रहमान र आयान खानले समान ३ तथा अकिफ राजा र बासिल हमिदले समान २ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy