यु-१९ एसिया कप : नेपालको पहिलो खेल श्रीलंकासंग , भारतीय प्रशिक्षकले ब्याटिंगमा सघाउने

श्रीलंकामा आयोजना हुने अन्डर-१९ एसीया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

यु-१९ एसिया कपको मलेसीयामा आयोजित २०१७ को अघिल्लो संस्करणमा नेपालले समुह चरणमा भारतलाई पराजित गर्दै पहिलो पटक सेमीफाइनलमा स्थान बनाएको थियो। सेमीफाइनलमा भने नेपाल अफगानिस्तानसंग पराजित भएको थियो। यो पटक पनि नेपालको समुहमा २ टेस्ट रास्ट्र रहेका छन्।

नेपाल जुलाईमा मलेसियामा आयोजित एसीसी अन्डर-१९ इस्टर्न प्रतियोगिताको विजेता हुँदै यु-१९ एसिया कप खेल्न छनौट भएको थियो। नेपालले फाइनलमा हंगकंगलाई पराजित गरेको थियो। 

यु-१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता हुँदै नेपाल यु-१९ एसिया कप खेल्न छनौट भएको थियो

नेपालको समुह बिभाजन र खेल तालिका 

यु-१९ एसिया कपमा नेपालको समुहमा श्रीलंका, बंगलादेश र युएई रहेका छन्। यस्तै अर्को समुहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।

दुवै समुहमा सबै टिमले एक-अर्का बिरुद्ध १-१ खेल खेल खेलिसकेपछि शिर्ष स्थानमा रहने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले पहिलो खेल श्रीलंकासंग सेप्टेम्बर ६ तारिकमा खेल्नेछ। यस्तै दोश्रो खेल बंगलादेशसंग सेप्टेम्बर ८ तारिकमा तथा तेश्रो खेल युएईसंग १० तारिकमा खेल्नेछ।

श्रीलंकामा बाँकी तयारी र टेस्ट राष्ट्रसंग अभ्यास खेल राख्न आग्रह 

यु-१९ एसिया कपको तयारी स्वरूप नेपाली युवा टिम हाल टियु क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ। नेपालमा वर्षाको मौसम चलीरहेकोले प्रशिक्षण सोचे अनुरुप हुन सकेको छैन। यस अघि नेपालले एसीसीलाई तयारी भारतमा गर्न प्रस्ताव गरे पनि एसीसीले अनुमानि नदिंदा घरमै अभ्यास गर्न बाध्य रहेको थियो।

एसीसीले नेपाललाई श्रीलंकामै प्रतियोगिता हुनु अघि अभ्यास गर्न र अभ्यास खेल खेल्न भने अनुमति दिएको हो।

प्रशिक्षक बिनोद दासले एसीसी सामु प्रतियोगिताको लागि टेस्ट रास्ट्रसंग अभ्यास खेल खेलाउनको लागि अनुरोध गरिरहेको विकेटनेपाललाई बताएका छन्। त्यहाँ नेपालले ३ वटा अभ्यास खेल खेल्ने पनि दासले बताए।

नेपाली टिम अगस्ट २४ तारिकमा श्रीलंका प्रस्थान गर्ने तालिका रहेको छ।

नेपाललाई सघाउन भारतीय ब्याटिंग प्रशिक्षक 

नेपाली अन्डर-१९ टिमलाई श्रीलंकामा भारतीय प्रशिक्षक अपुर्भ देसाईले प्रशिक्षण गर्ने भएका छन्। देसाईले यस अघि पनि नेपाली रास्ट्रिय क्रिकेट टिम र अन्डर-१९ टिमको प्रशिक्षण गरिसकेका छन्।

Apurva Desai

गत वर्ष एसिया कप छनौटमा तथा त्यसपछि यसै वर्ष अप्रिलमा सम्पन्न अन्डर-१९ विश्वकप छनौटमा देसाईले नेपाली टिमको ब्याटिंग कन्सल्टेन्टको रुपमा काम गरेका थिए। भारतको नेसनल क्रिकेट एकेडेमी तथा कोलकाता नाइट राइडर्सको क्रिकेट एकेडेमीमा प्रशिक्षण गरिसकेका देसाई प्रतियोगिता अवधिभर नेपाली टिमसंग रहनेछन्।

ढिला भए पनि देसाईलाई नेपाली ब्याट्सम्यानहरु बारे थाहा भएको हुँदा उनि टिमसंग जोडिनु फलदायी हुने प्रशिक्षक दासले बताए। नेपाल यु-१९ विश्वकपमा छनौट हुन असफल रहेकोले नेपाली टिमलाई आफ्नो स्तर प्रमाणित गर्ने एसिया कप उत्कृस्ट अवसर रुपमा लिएको दासले बताए।

प्रतियोगिताको लागि १५ सदस्यीय टोलिको नाम श्रीलंका जानु अघि सार्वजनिक हुनेछ।

नेपाली यु-१९ टिमको अभ्यासको भिडियो हेर्न क्लिक गर्नुस 





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]