काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई पछि पारेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी-ट्वान्टी आईको ब्याटिङ वरियतामा नेपालका कप्तान रोहित पौडेलले ६ स्थान सुधार गरेका छन् । रोहित ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उक्लिएका छन् । यसअघि रोहित ५५औँ स्थानमा थिए । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा ५१औँ स्थानमा छन् ।
ब्याटिङतर्फ नै अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरियता भने ६ स्थान खस्किएको छ । यसअघि ७०औँ स्थानमा रहेका दीपेन्द्र अहिले ७६औँ स्थानमा छन् । ब्याटिङको शीर्ष स्थानमा भारतीय ब्याटर सुर्यकुमार यादव छन् ।
बलिङ वरियतामा नेपालका कुनै पनि बलरले शीर्ष १०० भित्र रहेका छैनन् । बलिङ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्डका आदिल राशिद रहेका छन् ।
अलराउन्डरतर्फ भने दीपेन्द्रले ५ स्थान सुधार गरेका छन् । उनी अहिले २२औँ स्थानमा उग्लिएका छन् । यसअघि दीपेन्द्र २७औँ स्थानमा थिए । अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२औँ स्थानमा उग्लिएका छन् ।
गुल्सन झा ६ स्थान सुधार गर्दै ६६ औँ स्थानमा उक्लिदा कप्तान रोहितकुमार पौडेल १८ स्थान सुधार गर्दै ७५औँ स्थानमा छन् । करण केसी २ स्थान माथि उक्लिदै ८०औँ स्थानमा पगेका छन् ।
अलराउन्डरतर्फ भने शीर्ष स्थानमा बंगलादेशका साकिब अल हसन छन् ।
वरियतामा नेपाल भने १६ औं स्थानमा छ ।