रोहित सम्मिलित टोरोन्टो ईलिमिनेटर खेल्दै, रोहितको खेल्ने सम्भावना उच्च

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी रहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले इलिमिनेटर खेल खेल्दैछ । टोरोन्टोले ईलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्दैछ ।  ईलिमिनेटर खेल क्यानडाको ब्राम्प्टनमा रहेको सिएए सेन्टरमा नेपाली समय अनुसार शनिबार बिहान १ः४५ मा हुदैछ ।

यस खेलमा रोहितले खेल्ने सम्भावना उच्च रहेको छ । टोरोन्टोको टोलीमा साद विन जाफर तथा निकोलस किर्तन नरहने हुँदा रोहितले प्लेईङ-११ मौका पाउने सम्भावना छ । विश्वकप लिग टू सिरिजका लागि क्यानडाको टोली नेदरल्यान्डस्मा रहेको छ । कप्तान किर्तन तथा पुर्व कप्तान जाफर टोलीसँगै नेदरल्यान्ड्स पुगिसकेका छन् ।

टोरोन्टोले समूह चरणका ७ मध्ये ३ मा जित र ३ मा हार बेहार्दा १ खेल भने वर्षाका कारण रद्द भएको थियो । टोरोन्टोले चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो । उता, बंग्लाले भने ७ मध्ये ४ खेलमा जित हात पारेको थियो । बंग्ला तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स भने लिग चरणाबाट बाहिरिएको थियो ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]