लखनाउको पहिलो जित, पन्जाबको लगातार दोस्रो हार

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले पहिलो जित हासिल गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई पराजित गरेको हो ।

घरेलु मैदान एकना क्रिकेट स्टेडियममा लखनउले पन्जाबलाई २१ रनले पराजित गर्यो ।

लखनउले दिएको २०० रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो।

पञ्जाबका लागि कप्तान शिखर धवानले ७० रनको अर्धशतकीय पारी खेले। उनले आउट हुनु अघि ५० बलमा ७ चौका र ३ छक्का प्रहार गरेका थिए।

जोनी बेयरस्टो २९ बलमा समान ३ चौका र छक्काको सहयोगमा ४२ रन बनाए। लियाम लिभिङस्टोन २८ रनमा अविजित रहे। प्रभसिमरन सिंहले १९ रन बनाए भने अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

लखनाउका लागि मयंक यादवले ३ तथा मोहसिन खानले २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

लखनउका क्विन्टन डि ककले सर्वाधिक ५४ रन बनाए। ३८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । क्रुणाल पाण्ड्याले २२ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४३ रन बनाए ।

निकोलस पूरनले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ तथा मार्कस स्टोईनसले १९ रन बनाए ।

पञ्जाबका साम करनले ३ तथा अर्शदीप सिंहले २ विकेट लिए । कगिसो रबाडा र राहुल चाहरको नाममा १/१ विकेट रह्यो।

योसँगै जारी सिजनमा लखनाउले पहिलो जित हासिल गरेको छ। २ खेलमा २ अंकका साथ लखनाउ पाँचौ स्थानमा उक्लिएको छ। पराजित पञ्जाब भने ३ खेलबाट २ अंकसहित छैटौँ स्थानमा झरेको छ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]