लखनाउद्वारा गुजरातलाई १६४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को २१ औं खेलमा लखनाउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई जितका लागि १ सय ६४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एकना क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लखनाउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

लखनाउका लागि मार्कस स्टोइनसले ४३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले ३१ बलमा ३ चौकाको सहयोगमा ३३ रन बनाए । तेस्रो विकेटका लागि स्टोईनेस र राहुलले ६२ बलमा ७३ रनको साझेदारी गरे ।

निकोलस पुरनले २२ बलमा ३ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । आयुष बदोनीले ११ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए ।

गुजरातका लागि उमेश यादव र दर्शन नालकन्डेले समान दुई दुई विकेट लिए । राशिद खानले एक विकेट लिए ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]