लिग टुमा अमेरिकाको सुखद सुरुआत, क्यानडाकाे लगातार दाेस्राे हार

एजेन्सी – अमेरिकाले विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेल्दै गरेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो ।

आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो ।

नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा मंगलबार भएको खेलमा अमेरिकाले क्यानडामाथि १४ रनको जित हात पारेको हो ।

अमेरिकाले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो । क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ७७ रन जोडे । उनले ७७ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ओपनर आरोन जोनसनले ४१ बलमा ५५, डेलिन हेलिङ्गरले ६५ बलमा ५६ ,प्रगत सिंहले ५१ बलमा ४२, कप्तान निकोलस किर्तनले १७ बलमा १४ र कलिम सानाले अविजित १० रन जोडे ।

अमेरिकाका लागि नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदिप सिंहले समान २ तथा स्टेभन टेलर र हरमित सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन जोडेको थियो । अमेरिकाका लागि कप्तान मोनांक पटेलले अविजित रुपमा १ सय २१ रनको शतकीय पारी खेलेका थिए । उनले ९५ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनर स्मिथ पटेलले ८३ बलमा ६३, शयान जाहान्गिरले ४७ बलमा ५७ रन जोडे । स्टेभन टेलरले २७ र आरोन जोन्सले १५ रन जोडे ।

क्यानडाका लागि प्रगत सिंह, साद विन जाफर, हर्ष ठाकर र डिलोन हेलिङ्गरले समान १ विकेट लिए ।

जितसँगै ८ टोेली सहभागी लिग टु मा २ अंकका साथ अमेरिका छैटौं स्थानमा छ । पहिलो राउन्डको सिरिजमा शतप्रतिशत जित निकालेको क्यानडा लगातार दोस्रो हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ । शिर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन् ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]