लिग टू त्रिकोणात्मक सिरिज : नामिबिया र नेपाल भिड्दै

२०८० फाल्गुन ३, बिहीबार ०६:०५

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिज बिहीबारबाट नेपालमा आयोजना हुदैछ ।

सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सको सहभागीता रहनेछ । सिरिजमा हरेक टोली हरेकसँग दुई खेल खेल्नेछन् । यस त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियासँग खेल्दैछ । खेल बिहीबार टियु क्रिकेट मैदानमा बिहान सवा ९ मा सुरु हुनेछ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ ।

नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा सातौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबियाले तीन खेलमा जित हात पार्दा दुई खेलमा भने नेपाल विजयी भएको छ ।

सिरिजको दोस्रो खेल १७ फेब्रुअरी अर्थात फागुन ५ मा नेदरल्याण्ड्स र नेपालबीच हुँदा १९ फेब्रुअरी अर्थात फागुन ७ मा नेदरल्याण्ड्स र नामिबिया भिड्नेछन् ।

नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा २१ फेब्रुअरी अर्थात फागुन ९ मा नामिबियासँग खेल्नेछ । २३ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स खेल्दा नेपाल र नेदरल्याण्ड्सबीचमा २५ फेब्रुअरीमा खेल हुदै यो सिरिज सकिने छ ।

नेपाली टोली

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र अनिलकुमार शाह

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy