लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित

२०८२ जेष्ठ ४, शनिबार ०९:३३

काठमाडौं। लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्काले शुक्रबार प्रदेश क्रिकेट संघलाई पत्र पठाउँदै विशेष साधारणसभा रोक्न अनुरोध गरेका छन्। तर, राष्ट्रिय खेलकुद परिषद (राखेप)को पत्रपछि शनिबार हुने भनिएको साधारणसभा स्थगित भएको हो।

प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङविरुद्ध अविश्वासको प्रस्ताव क्यानका अध्यक्ष चतुरबहादुर चन्दसमक्ष आएको थियो। चन्दले शनिबारलाई त्यही विषयमा निर्णय गर्नका लागि भन्दै साधारणसभा बोलाउन निर्देशन दिएका थिए।

गुरुङले आफूविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावको प्रक्रिया अवैधानिक तथा नियोजित भएको बताउँदै त्यसलाई रोक्न राखेपमा निवेदन गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy