विनोदको शतकमा आर्मीको सहज जित

काठमाडौं । कप्तान विनोद भण्डारीको शतकको सहयोगमा जारी प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

टीयु मैदान कीर्तिपुरमा भएको खेलमा आर्मी १ सय ६४ रनको फराकिलो अन्तरले जित निकालेको हो ।

आर्मीले दिएको २ सय ८० रनको लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा १ सय १५ रन बनाएर अल आउट भयो ।

कर्णालीका लागि हिमाशुं शाहीले २२ बलमा १९ तथा विपीन शाहीले १० बलमा १४ रन बनाए । दिवान पुन १४ बलमा अविजित १८ रन बनाए । कप्तान रविन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावलले समान १२ रन बनाए ।

विवेक यादव र कुशल मल्लले समान तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७९ रन बनायो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले १ सय ३२ बलमा १ सय रनको शतकीय ईनिङ खेले । उनले १ सय ३२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा शतक बनाएका थिए ।

प्रधानमन्त्री कपको ईतिहासमा यो उनको तेस्रो शतक हो । यस अघि २०२१ को प्रधानमन्त्री कपमा उनले गण्डकी प्रदेशविरुद्ध पहिलो तथा यसै संस्करणमा मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका थिए ।

यस संस्करण भण्डारीको यो दोस्रो शतक हो । एकै सिजनमा दुई शतक बनाउँने भण्डारी दोस्रा खेलाडी हुन् । गत संस्करणमा नेपाल पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले दुई शतक प्रहार गरेका थिए ।

बसिर अहमदले ९२ बलमा ९८ रनको अर्धशतकीय ईनिङ खेले । उनले १२ चौका र १ छक्का प्रहार गरे । उनीहरुबीचमा छैटौं विकेटका लागि १ सय ६९ रनको साझेदारी भएको हो । यस अघि २०१९ मा कर्णाली प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका दीलिप नाथ र कुशल भुर्तेलको बीचमा १ सय ४९ रनको साझेदारी भएको थियो ।

भीम सार्कीले ३५ बलमा २५ रन बनाए । कुशल मल्लले १८ बलमा २१ रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावतले दुई तथा प्रकाश जैसी, दिवान पुन र दिनेश अधिकारीले समान एक एक विकेट लिए ।

जितसँगै आर्मीको फाइनल सम्भावना कायमै रहेको छ । हारसँगै कर्णालीको शीर्ष चारमा स्थान बनाउँदै एलिट कप खेल्ने सम्भावना सकिएको छ ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]