विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा

२०८१ भाद्र ९, आईतवार १४:४१

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

पिसिबीले फातिमा सनालाई नियुक्त गर्दै टोलीको घोषणा गरेको हो । २२ वर्षीया फातिमाले टि ट्वान्टी आई तथा आइसिसीको प्रतियोगितामा पहिलो पटक कप्तान गर्दैछिन् ।

पाकिस्तान समूह ए मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र श्रीलंकासँगै छ । गत साता बंगलादेशबाट सारिएको प्रतियोगिताको नयाँ खेल तालिका भने सार्वजनिक गरिएको छैन ।

महिला टि ट्वान्टी विश्वकपका लागि पाकिस्तानी टोली

फातिमा सना (कप्तान), आलिया रियाज, डायना बेग, गुल फिरोजा, इराम जावेद, मुनीबा अली (विकेटकिपर), नाशरा सन्धु, निदा डार, ओमैमा सोहेल, सदफ शमस, सादिया इकबाल), सिद्रा अमीन, सैयदा अरुब शाह, तस्मिया रुबाब, तुबा हसन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy