वेस्ट इन्डिज ए सँगको सिरिजको खेलतालिका सार्वजनिक

२०८१ बैशाख २, आईतवार १९:०८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट ईन्डिज ए बीचको पाँच खेलको टी-२० सिरिज बैशाख १५ बाट सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले आईतबार सिरिजको खेलतालिका सार्वजनिक गरेको हो ।

सिरिजको दोस्रो खेल बैशाख १६ मा तथा तेस्रो खेल बैशाख १९ मा हुनेछ । चौथो खेल बैशाख २० मा हुँदा पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । पाँचै खेल मध्यान्ह सवा १२ मा सुरु हुनेछ ।

वेस्ट इन्डिजको टोलीसँग नेपालले पहिलो पटक सिरिज खेल्दै छ ।

खेल तालिका

May be an image of text that says 'CAN WEST INDIES A TOUR OF NEPAL 27 APR 12:15 PM ONWARDS 安 NEPAL 1ST T20 vs WEST INDIES A 28 APR 12:15PMONWARDS 12:15 PM ONWARDS 出 NEPAL 2ND T20 vs WEST INDIES A 1 MAY 12:15 PM ONWARDS "ነቲ NEPAL 3RD T20 vs WEST INDIES A 2 MAY 12:15 PM ONWARDS 絆 NEPAL NE 4TH T20 vs WEST INDIES A 4 MAY 12:15 PM ONWARDS 追 NEPAL 5TH T20 VS WEST INDIES A #WORLDCUPYEAR2024 #ONEBALLBATTLES #NEPALCRICKET #HAPPYDRESSINGROOM NGROOM'

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy