श्रीलंकालाई पहिलो पटक च्याम्पियन बन्न १६६ रनको लक्ष्य

२०८१ श्रावण १३, आईतवार १६:५२

काठमाडौं । एसिसी एसिया कपको पहिलो पटक च्याम्पियन बन्न भारतबाट १ सय ६६ रनको लक्ष्य पाएको छ ।

श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो ।

भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाईन् । मन्धनाले ४७ बलमा १० चौका प्रहार गरेकी थिईन् । रिचा घोषले ३० रन बनाईन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाईन् ।

श्रीलंकाका लागि केबिसा दिलारीले दुई, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान एक विकेट लिईन् ।

भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy