एजेन्सी । जारी ग्लोबल टि-२० लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले बंगाल टाईगर्सलाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो ।
बंगालका लागि इफ्तिखार अहमदले ४० बलमा ५० तथा हरजततुल्लाह जाजईले २८ बलमा ३३ रन बनाए । डिलान हेलिङ्गरले २७ तथा प्रगत सिंहले २० रन बनाए ।
नाइट्सका लागि सन्दीप लामिछानेले दुई विकेट लिए ।
