साग महिला क्रिकेट : बंगलादेशसंग नेपाल सहजै पराजित

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पोखरामा जारि महिला क्रिकेट अन्तर्गतको खेलमा नेपाललाई बंगलादेशले पराजित गरेको छ।

पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गरेको नेपालले पहिलो हार बेहोर्यो। बंगलादेशको भने यो लगातार दोश्रो जित हो। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।

पोखरा स्थित पोखरा रंगशालामा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य बंगालदेशले ७.४ ओभरमा विकेट नगुमाई पुरा गर्यो। बंगालदेशको ओपनर मुर्शिदा खातुनले अविजित २३ र आयशा रहमानले अविजित २६ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा नेपालले १९.२ ओभरमा ५० रनमै सम्पूर्ण विकेट गुमाएको थियो।

सुरुवात देखि विकेट गुएको नेपाली महिला टिम कुनै पनि बेला सम्हालिन सकेन। नेपालको लागि सर्वाधिक रन कप्तान रुबिना क्षेत्रीले १३ रन बनाइन्। सोनु खड्काए १२ तथा इन्दु बर्माले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सउमनहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशको बलिंगमा रबेया खानले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २ मेडन ओभर सहित ८ रन मात्र खर्चिए। जहानारा आलमले २ तथा सालमा खातुन, नहिदा अख्तर र फहिमा खातुमले १/१ विकेट लिए।

खेलको फोटोहरु –

  

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]