सामसनको अर्धशतकमा लखनउलाई १९४ रनको लक्ष्य

२०८० चैत्र ११, आईतवार १७:३९

काठमाडौं । राजस्थानले कप्तान सन्जु सामसनको अर्धशतको सहयोगमा लखनउ सुपर जायन्टस्लाई जितका लागि १ सय ९४ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान सवाईमासिंह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ५२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा अविजित ८२ रनको अर्धशतकीय ईनिङ खेले । सामसनले तेस्रो विकेटका लागि रियान परागसँग मिलेर ९३ रनको साझेदारी गरेका थिए । सोही साझेदारीले नै टोलीलाई सम्मानजनक योगफलसम्म पुग्न सहयोग गर्यो । परागले २९ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए ।

ओपनर यशस्वी जयसवाले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । अर्का ओपनर जोस बटलरले ९ बलमा ११ रन मात्र जोड्न सके । शिमरन हिटमायरले ५ रन मात्र बनाए । धुव्र जुरेलले १२ बलमा अविजित २० रन बनाए ।

लखनउका लागि नभिन उल हकले २ तथा रवि विश्नोइ र मोहसिन खानले समान १ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy