सिरिज क्लिन स्विप गर्न नेपाललाई २३३ रनको लक्ष्य

काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको ओडिआई सिरिज जित्नका लागि २ सय ३३ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो ।

क्यानडाका लागि ओपनर नवनित धलीवालले ८२ बलमा ५ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । चौथो विकेटका रुपमा अर्धशतक बनाए लगत्तै धलीवाल ललितनारायण राजवंशीको बलमा आउट भए ।

May be an image of 6 people and textउनी देव खनालबाट क्याच आउट भए । धलीवाल २२ दशमलब १ ओभरमा स्लिपमा आरिफ शेखले क्याच मिस गरेका थिए । उनले ४२ रन हुँदा कुशल मल्लको बलमा जीवनदान पाएका थिए ।

निखिल दत्तले ६२ बलमा २ चौका र १ छक्काको सहयोगमा ४५ रनको बनाए । उनी ४७ दशमलब ५ ओभरमा पवन सरार्फको बलमा रन आउट भए । हर्ष थाकरले ५७ बलमा २९ रन बनाए । पाँचौ विकेटका रुपमा बाहिरिएका थाकर कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे ।

अर्का ओपनर आरोन जोनसन १० बलमा ४ रन बनाउँदै आउट भए । उनलाई २ दशमलब ४ ओभरमा हेमन्त धामीको बलमा देव खनालले क्याच आउट गराए । हेमन्तको यो ओडिआई डेब्यु विकेट हो । हेमन्तले आजको खेलमा नै डेब्यु गरेका थिए ।

दोस्रो विकेटका रुपमा श्रीमन्था विजयारत्ने २८ बलमा २२ रन बनाउँदै आउट भए । १३ दशमलब ६ ओभरमा आकाश चन्दको बलमा कप्तान रोहितकुमार पौडेलको बलमा आउट भए । विजयरत्ने र नवनिद धालीवालबीचमा ४८ रनको साझेदारी भएको थियो ।

तेस्रो विकेटका रुपमा निकोलस किर्टन कुशल मल्लको बलमा आउट भए । उनलाई भमि सार्कीले क्याच आउट गराएका थिए । किर्टन तीन रनमा आउट भएका थिए ।

क्यानडाले छैटौं विकेटका रुपमा श्रेयस मोभ्भालाई गुमाएको थियो । उनले २९ बलमा २५ रन बनाएका थिए । श्रेयस हेमन्त धामीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । आठौं विकेटका रुपमा डिलन हाईल्याङ्गर हेमन्त धामीको बलमा आरिफ शेखबाट क्याच आउट गराए । उनले ३ बलमा १ चौकाको सहयोगमा ४ रन बनाए ।

कप्तान साद विन जाफर १५ बलमा ३ चाैका र २ छक्काकाे सहयाेगमा ३१ रनमा अविजित रहे ।

नेपालका लागि हेमन्त धामीले तीन तथा कुशल मल्लले दुई विकेट लिए । आकाश चन्द र ललित नारायण राजवंशीले समान एक एक विकेट लिए । धामीले यसै खेलमा नेपालका लागि ओडिआई डेब्यु गरेका थिए ।

पहिलाे खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो । दोस्रो खेलमा तीन अर्धशतकको सहयोगमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको थियो । यो खेलमा जितका साथ नेपाल घरेलु भुमीमा ओडिआई सिरिज पहिलो पटक क्लिन स्विप गर्न चाहन्छ ।

यस भन्दा अघि नेपालले घरेलु भुमीमा दुई ओडिआई सिरिज खेलेको थियो । दुई मध्ये एकमा हार र अर्कोमा सिरिजमा जित हात पारे पनि सिरिज क्लिन स्विप भने गर्न सकेको थिएन । नेपालले २०२२ मा पपुवा न्युगिनीसँगको दुई खेलको सिरिज २-० ले गुमाएको थियो । २०२२ मा नै युएई विरुद्धको तीन खेलको सिरिज नेपालले २१ ले जितेको थियो ।

विदेशी भुमीमा भएको सिरिजमा भने नेपालले क्लिन स्विपको नतिजा निकालिसकेको छ । २०२१ मा ओमानमा पपुवा न्युगिनीविरुद्ध नेपालले ओडिआई सिरिज क्लिन स्विप गरेको थियो । क्यानडा पनि जित निकाल्दै सिरिजमा सान्त्वना जित निकाल्न चाहन्छ ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]