सिरिज जित्न नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको सिरिज जित्न नेपालले २ सय ८६ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेको क्यानडा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।

क्यानडाका लागि आरोन जोनसनले ६२ बलमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १० चौका र २ छक्का प्रहार गर्दै भीम सार्कीबाट रन आउट भए । जोनसन ५० बलमा ४२ रनमा रहँदा आकाश चन्दको बलमा सुर्य तामाङले क्याच मिस गरेका थिए ।

जोनसन र धलीवालले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । नविनित धलीवालले ६० बलमा ४६ रन बनाए । उनले ८ चौका प्रहार गरेका थिए । धलीवाल १८ दशमलब २ ओभरमा आकाश चन्दको बलमा विकेटकिपर आशिफ शेखबाट समातिएका थिए । आकाशको ओडिआईमा यो डेब्यु विकेट रहेको थियो । चन्दले आज नै ओडिआई डेब्यु गरेका थिए ।

प्रगत सिंहले ३८ बलमा ३८ रन बनाए । सिंहले ६ चौका प्रहार गरेका थिए । उनी कप्तान रोहितकुमार पौडेलको बलमा सोमपाल कामीद्वारा क्याच आउट भए । सिंह नेपाली कप्तान पौडेलको नै बलमा देव खनालले क्याच मिस गरेका थिए । क्याच मिस हुँदा उनले २३ बलमा ३० रन बनाएका थिए ।

सिंहले पहिलो ओडिआईमा ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । सोहि ओभरमा कप्तान पौडेलले निकोलस किर्टनलाई आशिफ शेखबाट स्टिम्पीङ गरेका थिए । निकोलसले २९ बलमा २० रन बनाएका थिए ।

पाँचौ विकेटका रुपमा ३४ दशमलब ५ ओभरमा सुर्य तामाङले हर्ष थाकरलाई आउट गराए । सुर्यको यो ओडिआई खेलको डेब्यु विकेट समेत रहेको थियो । उनले यसै सिरिजको पहिलो खेलमा डेब्यु गरेका थिए ।

May be an image of 2 people and text

छैटौं विकेटका रुपमा दिलप्रति बाज्वालाई ३८ दशमलब ४ ओभरमा कुशल मल्लले बोल्ड आउट गराए । क्यानडाको सातौं विकेटका रुपमा ४० दशमलब ४ ओभरमा कप्तान साद विन जाफर कुशल मल्लको बलमा पवन सरार्फबाट क्याच आउट भए ।

आठौं विकेटका रुपमा ४४ दशमलब ५ ओभरमा शाहिद अहमदजाई १३ रन बनाउँदै पवन सरार्फको बलमा बोल्ड भए । नवौं विकेटका लागि श्रेयस मोभ्भा र उदय भगवानले ४६ रनको साझेदारी गरे । मोभ्भाले ४२ बलमा ४० रनबनाउँदा भगवान २० रनमा अविजित रहे ।

पहिलो विकेटका लागि ९४ को साझेदारी भएपनि नियमित विकेट गुमाउँदा टोली कम स्कोरमा समेटियो । नेपालका लागि कप्तान रोहित पौडेल तथा कुशल मल्लले समान दुई दुई तथा पवन सरार्फ, सुर्य तामाङ, सोमपाल कामी र आकाश चन्दले समान एक एक विकेट लिए ।

क्यानडाविरुद्धको पहिलो खेलमा खेलेका तीन जना खेलाडीलाई बेन्चमा राखिएको छ । ललितनारायण राजवंशी,कुशल भुर्तेल र आरिफ शेख बेन्चमा रहेका छन् ।

आजको खेलमा आकाश चन्द, देव खनाल र अनिल शाहलाई टिममा समेटिएको छ । आकाशको यो ओडिआई डेब्यु खेल हो । आकाश नेपालका लागि ओडिआई खेल्ने ४० औं खेलाडी हुन् ।

पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो । यो खेलमा जितका साथ नेपाल एक खेल अगावै सिरिज जित्न चाहन्छ । क्यानडा पनि जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ ।

नेपाल र क्यानडाबीचको अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]