सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

२०८१ बैशाख २०, बिहीबार १३:५५

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनायो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचर तथा जोनसन चाल्सले अर्धशतकीय ईनिङ खेले । फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्काको सहयोगमा अविजित ८४ रन बनाए । चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्काको सहयोगमा ५८ रन बनाए । फेबियन एलेनले १९ बलमा २ चौका र ३ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy