सीपीएल टि-२० : बार्बेडोसलाई पछि पार्दै सेन्ट लुसिया चौथो स्थानमा

करेबियन प्रिमियर लिग अन्तर्गत बुधबार सम्पन्न खेलमा सेन्ट लुसिया जुक्सले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई २० रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट लुसियाले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो।

सेन्ट किट्सलाई सस्तोमा समेट्न सेन्ट लुसियाका बलर केस्रिक विलियम्स र हार्दुस भिल्जोनले समान ३/३ विकेट लिए। प्लेयर अफ द म्याच समेत चुनिएका भिल्जोनले ४ ओभरमा १ मेडन गर्दै मात्र १४ रन खर्चिए। सेन्ट किट्सको लागि मोहम्मद हफिजले सर्वाधिक २९ तथा लौरी इभान्सले २८ रन बनाए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा सेन्ट लुसियाले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो। उसको लागि ओपनर आन्द्रे फ्लेचरले सर्वाधिक ३६ तथा डेरेन स्यामीले ३० रन बनाए। सेन्ट किट्स बलर मोहम्मद हफिजले ३ तथा अल्जारी जोसेफले २ विकेट लिए।

अंकतालिका 

जितसंगै सेन्ट लुसिया जुक्स बार्बेडोस ट्राइडेन्टलाई पछि पार्दै अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। सेन्ट लुसियाको ७ खेलमा २ जित , ३ हार र १ नतिजाविहिन अंक सहित ५ अंक रहेको छ। पाँचौ स्थानमा झरेको बार्बेडोसको ६ खेलमा २ जित र ४ हार बेहोर्द ४ अंक रहेको छ। अंकतालिकाको पुछारमा रहेको जमैकाले ८ खेलमा २ जित र ६ हार बेहोरेको छ र ४ अंक सहित पुछारमा रहेको छ। अंकतालिकाको शिर्ष स्थानमा गुएना अमेजन वारियर्स रहेको छ जसले खेलेको ६ वटै खेल जितेको छ।

प्रतियोगितामा बार्बेडोसको लागि खेलेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने नेपालको सिंगापुर र ओमान टुरमा सहभागी हुन आज सिंगापुर प्रस्थान गर्दैछन्। उनले कुल ६ खेलमा ८ विकेट लिए।





थप समाचार

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]

सायम प्रिमियर लिगमा ४ टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौं संस्करणमा ४ टिमको सहभागिता रहने भएको छ । लिग […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]