हङकङविरुद्ध नेपाल : सम्भावित प्लेईङ-११

काठमाडौं । नेपालले शनिबार घरेलु टोली हङकङसँग फ्रेन्डसिप कप टी-ट्वान्टी खेल्दैछ । खेल हङकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान सवा ११ मा सुरु हुनेछ ।

पपवा न्युगिनी, हङकङ र नेपाल रहेको त्रिदेशीय टी-ट्वान्टी सिरिज अगाडी नेपाललाई यो परिक्षणको अवसर हो । हङकङ भ्रमणका क्रममा नेपालले केही मुख्य खेलाडीलाई आराम दिएको छ । त्यसकारण केही नयाँ खेलाडीले मौका पाउने सम्भावना छ । विश्वकप अघि नेपाल हङकङ भ्रमणका क्रममा आफ्नो बेन्च परिक्षण गर्न चाहन्छ । हङकङसँगको यो खेल त्रिकोणात्मक सिरिज अघिको अन्तिम तयारी रहेकाले नेपालले यस खेलमा बलियो प्लेईङ-११ मैदान उतार्नेछ ।

ओपनरमा नियमित ओपनर कुशल भुर्तेल र नेपाल ए टिमका कप्तान समेत रहेका विनोद भण्डारीको सम्भावना छ । तेस्रो नम्बरमा कप्तान रोहितकुमार पौडेलले मौका पाउने सम्भावना छ । चौथो नम्बरमा गुलसन झाले मौका पाउने सम्भावना छ ।

पाँचौ नम्बरमा सन्दीप जोराले मौका पाउने सम्भावना छ । छैठौं नम्बरमा लोकेश बमले मौका पाउने सम्भावना छ । सातौ नम्बरमा विवेक यादवले मौका पाउने सम्भावना छ । आठौं नम्बरमा राशिद खानको सम्भावना रहेको छ ।

नवौं नम्बरमा प्रतिश जिशीले स्थान बनाउने सम्भावना छ । दशौं नम्बरमा सागर ढकालले मौका पाउने सम्भावना छ । एघारौं नम्बरमा अभिनास बोहोराको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, विनोद भन्डारी(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), गुलसन झा, सन्दीप जोरा, लोकेश बम, विवेक यादव, राशिद खान, प्रतिश जिसी, सागर ढकाल र अभिनास बोहोरा ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]