हङकङ र नेपालबीचको खेल रद्द

काठमाडौं । हङकङमा आजबाट सुरु त्रिदेशीय टी-ट्वान्टी आईको पहिलो खेलमा घरेलु टोली र नेपालबीचको खेल रद्द भएकोे छ ।

खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक पाएका छन् ।

हङकङमा वर्षाका कारण प्रभावित खेलमा घरेलु टोलीले टस हारेर ब्याटिङ गरेकोमा ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाउँदा खेल रोकिएको थियो ।

वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि नेपाल र हङकङले अंक बाडेका हुन् ।

त्यसअघि हङकङका लागि अंशुमन रथले २४ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ३६ रन बनाए । कप्तान निजाकत खानले २० बलमा २५ रन बनाए । बाबर हायात ३ रनमा अविजित रहे ।

नेपालका लागि करण केसीले ईनिङका पहिलो बलमा नै ओपनर मार्टिन कोट्जेलाई आउट गराएका थिए । अर्का ओपनर निजाकत खानलाई गुलसन झाको बलमा आउट भएका थिए । सिरिजको दोस्रो खेलमा मंगलबार नेपालले पपुवा न्युगिनीको सामना गर्ने छ ।

समूह चरणका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । मार्च १३ अर्थात फागुन ३० मा सिरिजको फाइनल खेल हुनेछ । फाइनलमा स्थान बनाउँन नसकेको टोलीले तेस्रो स्थानको लागि हङकङ ए सँग खेल्नेछ । मार्च १३ अर्थात फागुन ३० मा तेस्रो स्थानको लागि खेल हुनेछ ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]