हसरंगाले दिए कप्तानीबाट राजीनामा

२०८१ असार २८, बिहीबार २२:३४

काठमाडौं । श्रीलंकाका राष्ट्रिय क्रिकेट टोलीका कप्तान वानिन्दु हसरंगाले टी–२० अन्तर्राष्ट्रियको कप्तानीबाट राजीनामा दिएका छन् ।

हसरंगाले भारतसँग यसै महिनाको अन्त्यमा तीन टी–२० र तीन एकदिवसीय खेलको सिरिज खेल्न अघि यस्तो निर्णय लिएका हुन् । भारत र श्रीलंकाबीचको यो सिरिज टी-२० बाट सुरु हुनेछ, जसको पहिलो खेल २६ जुलाईमा खेलिनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy