काठमाडौं । हार्दिक पान्ड्याको कप्तानीमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।
१७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा दिल्लीलाई रनले पराजित गर्यो ।
मुम्बईको घरेलु मैदान वानंखडेमा मा २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र बनायो ।
दिल्लीका लागि ट्रिस्टन स्टब्स र पृथ्वी शाले अर्धशतक बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो ।
जितपछि मुम्बई अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । पराजित दिल्ली भने अंक तालिकाको पुछारमा छ ।
