हैदराबादमाथि बेंगलुरुको जित, बेंगलुरुविरुद्ध चलेन हैदराबादको ब्याटिङ

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स बेंगलुरुले जित निकालेको छ ।

हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा बेंगलुरु ३५ रनले विजयी भयो ।

बेंगलुरुले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन मात्र बनायो ।

हैदराबादका लागि शाहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित ४० रन बनाए । ओपनर अभिसेक शर्माले १३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदा कप्तान प्याट कमिन्सले १५ बलमा ३१ रन बनाए ।

नितिश रेड्डिले १३ बलमा १३ तथा अब्दुल समादले ६ बलमा १० रन बनाए ।

बेंगलुरुका लागि क्यामरुन ग्रीन, स्वप्निल सिंह र कर्ण शर्माले समान दुई दुई तथा यश दयाल र विल ज्याक्सले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

बेंगलुरुका लागि रजत पाटीदार तथा विराट कोहलीले अर्धशतकीय ईनिङ खेले । पाटीदारले २० बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । कोहलीले ४३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन बनाए ।

कोहली र पाटीदारले तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे । क्यामरुन ग्रीनले २० बलमा ५ चौकाको सहयोगमा अविजित ३७ रन बनाए । कप्तान फाफ डु प्लेसिसले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । स्वप्निल सिंहले ६ बलमा १२ तथा दिनेश कार्तिकले ५ बलमा ११ रन बनाए ।

हैदराबादका लागि जयदेव उन्नादकडले तीन तथा टि नटराजनले दुई विकेट लिए । मंयक मारकन्डे र प्याट कंमिन्स समान एक एक विकेट लिए ।

नवौ खेलमा दोस्रो जितका साथ बेंगलुरु अंक तालिकाको पुछारमा कायमै छ । आठौं खेलमा तेस्रो हारका साथ हैदराबाद तेस्रो स्थानमा कायमै छ ।

यो जितसँगै बेगंलुरुको प्लेअफमा पुग्ने अंक गणितिय सम्भावना कायमै छ ।

जारी संस्करणमा दुई टोली दोस्रो पटक आमने सामने भएका हुन् । अघिल्लो भेटमा हैदराबादले बेंगलुरुलाई पराजित गरेको थियो ।

 





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]