एनपिएलका लागि खेलाडी रजिस्ट्रेसन खुला

नेपाल प्रिमियर लिग(एनपिएल) ले खेलाडी रजिस्ट्रेसन खुला गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार एक विज्ञप्ती जारी गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरुलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

अक्सन प्रकृयामा सहभागी हुने खेलाडीहरुलाई ए, बी र सि गरी ३ श्रेणीमा विभाजन गरिएको हुँदा खेलाडीहरुले आफ्नो ईच्छा अनुरुप कुनैपनि श्रेणीमा नाम दर्ता गराउन सक्नेछन् ।

खेलाडी दर्ता शुल्क प्रति खेलाडी रु.एक हजार तोकिएको छ । खेलाडी नाम दर्ता गर्ने अन्तिम समय असोज १२ गते सम्म रहेको छ ।

क्यानका सचिव पारस खड्काका अनुसा एनपिएलको अक्सन दशैं अघि हुने छ ।

नेपाली खेलाडी अक्सनबाट छनोट हुदा विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्न पाउने छन् ।

एनपिएलमा सहभागी हुने टिम र टिममा रहने मार्कि खेलाडीको छनोट भने भईसकेको छ ।

पहिलो संस्करणको एनपिएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुदैछ ।





थप समाचार

सानिमा जीआईसी इन्सुरेन्सलाई सीई कर्पोरेट टि-टेन क्रिकेटको उपाधि

काठमाडौं, ५ असोज, सानिमा जीआईसी इन्सुरेन्सले सीई कर्पोरेट टि-टेन इन्डोर क्रिकेट प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको छ। शुक्रबार राति काठमाण्डौ, […]

दक्षिण अफ्रिकाविरुद्धको सिरिज अफगानिस्तानलाई 

अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध १ खेल अगावै ऐतिहासिक ओडिआई सिरिज जितेको छ । अफगानिस्तानले दोस्रो ओडिआई खेलमा १ सय ७७ रनको […]

युएईको लिग टुमा पहिलो जित

काठमाडौं । युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ । पहिलो जित निकाल्नेक्रममा युएईले नामिबियामाथि […]

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]