चाहे क्रिकेटर जतिनै महान किन नहोस् उसको उद्देश्य आफ्नो देशलाई विश्वकै सर्वोच्च क्रिकेट प्रतियोगिता एकदिवसीय विश्वकप जिताउने हुन्छ। क्रिकेट समर्थकहरुले पनि क्रिकेटरहरुलाई विश्वकप जितेको आधारमा पनि महानताको कोटीमा चुन्ने गर्छन्। सबैको चाहना हुँदा हुँदै पनि सबैसंग त्यो भाग्य हुँदैन।
महान क्रिकेटर सचिन तेन्दुलकरले क्रिकेट जीवनको अन्तिममा मात्र विश्वकप उपाधिको स्वाद चाख्न पाए नत्र उनलाई कैयौं रेकर्ड कायम गर्दा पनि विश्वकप जिताउन नसकेको भन्दै खोट लगाइने गरिन्थ्यो।सचिन जस्तै सबैको भाग्य त्यस्तो रहेन र धेरै क्रिकेटर यस्तो रहे जो महान हुँदा हुँदै र व्यक्तिगत प्रदर्शन गर्दा गर्दै पनि विश्वकप उपाधि सम्म पुग्न सकेनन्।
विश्वकप उपाधि जित्न नसकेका त्यस्तै ७ महान क्रिकेटरहरुको त्यही सुची यहाँ प्रस्तुत गरेका छौँ –
वकार युनिस
विश्व क्रिकेटका सबैभन्दा उत्कृस्ट तिब्र गति बलर मध्येका एक वकार युनिस दुर्भाग्यवस १९९२ को एकदिवसीय विश्वकपमा घाइते भएका थिए जुन विश्वकप पाकिस्तानले जितेको थियो। वासिम आक्रमले त्यस विश्वकपमा ओपनिंग बलिंग गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी हुँदा उनको साथि खेलाडी युनिस भने टिममा थिएनन्।
पुरानो बलबाट रिभर्स स्विंग गर्नमा माहिर युनिस डेथ ओभर बलिंगमा निकै मुस्किल बलर थिए जसलाई ‘द बुरेवाला एक्सप्रेस’ नामले बोलाइने गरिन्थ्यो। युनिस एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृस्ट बलर थिए जसको प्रमाण उनि भन्दा बढी एकै खेलमा ५ विकेट अन्य खेलाडीहरुले लिएका छैनन्। उनले १३ पटक एकै खेलमा ५ विकेट या बढी र १४ पटक ४ विकेट लिएका थिए।
सौरभ गांगुली
सन् १९९९ देखि २००७ सम्म ३ वटा विश्वकप खेलेका गांगुलीले सन् २००३ को विश्वकपमा भारतीय टिमको नेतृत्व गर्दै फाइनलसम्म पुर्याएका थिए।
२००३ विश्वकपमा ३ वटा शतक एक्लै प्रहार गरेका गांगुलीले आफुलाई खेल जीवनभर आक्रामक कप्तानको रुपमा चिनाए। यो पटक विश्वकपमा कमेन्टेटरको भूमिका निभाउने गांगुलीले विश्वकप जित्न नसके पनि विश्वकपमा खेलेको २२ खेलमा ५५.८८ को एभरेजले १००६ रन बनाउदै आफुलाई अब्बल सावित भने गरेका थिए।
ब्रायन लारा
विश्व क्रिकेटमा ब्रायन लारालाई सबैभन्दा महान खेलाडीको सुचीमा माथिल्लो स्थानमा राखिने गरिन्छ। तर पोर्ट अफ स्पेनको राज कुमार नामले चिनिने लाराले देशको लागि विश्वकप ट्रफी भने जिताउन सकेनन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा १० हजार रन पुरा गर्ने थोरै नाम मध्येका लाराले सन् १९९२ देखि २००७ को विश्वकप गरि ५ वटा विश्वकप खेल्दै ३४ खेलमा १२२५ रन बनाए जुन क्रममा उनले २ शतक र ७ अर्धशतक बनाए। लारा विश्वकपमा धेरै रन बनाउने सुचीमा सचिन तेन्दुलकर, रिकी पोंटिंग, कुमार साँगाकारा पछि चौथो नम्बरमा छन्।
ज्याक कालिस
विश्व क्रिकेटका सबैभन्दा महान अल-राउण्डर ज्याक कालिसले एकदिवसीय अन्तर्राष्ट्रियमा २७३ विकेट लिनुको साथै ११,००० रन समेत बनाएका थिए। १० हजार रन र २५० विकेट लिने सनथ जयसूर्या पछि मात्र दोश्रो क्रिकेटर रहेका कालिसले १७ शतक र ८६ अर्धशतक बनाए। दक्षिण अफ्रीका टिम
सन् १९९६ देखि २०११ सम्म ५ वटा विश्वकप खेलेका कालिसले विश्वकपमा कुल ३६ खेल खेल्दा ११४८ रन बनाएका छन् र धेरै रन बनाउने सुचीमा सातौँ नम्बरमा रहेका छन्। विश्वकपमा सबैभन्दा अभागी टिमको रुपमा चिनिने गरिन्छ र कालिस पनि त्यही टिमको सदस्यको रुपमा विश्वकप भने जिताउन सकेनन्।
एबि डी भिल्लीयर्स
आफ्नो ब्याटबाट चमत्कारिक सट खेल्दै आश्चर्यचकित बनाउने डी भिल्लीयर्सले सन्यास पनि सबैलाई अस्चार्यमा पार्दै लिए पछि २०१९ विश्वकपमा उनि खेल्नेछैनन्। एकदिवसीय करियरमा ५३.५० को सानदार एभरेजले रन बनाएका एबिले वेस्ट इन्डिज बिरुद्ध ३१ बलमा शतक बनाउदै सबैभन्दा छिटो शतकको किर्तिमान बनाएका थिए।
विश्वकपमा धेरै रन बनाउने सुचीमा पाँचौ नम्बरमा रहेका एबिले २००७ देखि २०१५ सम्म ३ वटा विश्वकप खेल्दै २३ खेलमा ६३.५२ को एभरेज र ११७.२९ को स्ट्राइक रेटले १२०७ रन बनाए। यस क्रममा उनले ४ शतक र ६ अर्धशतक समेत बनाए।
शाहिद अफ्रिदी
‘बुम बुम’ उपनामले चर्चित अफ्रिदीले आफ्नो विस्फोटक ब्याटिंग र धारिलो लेग स्पिन बलिंगले क्रिकेट जीवनमा सधै चर्चा कमाइरहे। १९९६ मा ३७ बलमा शतक बनाउदै अफ्रिदीले बनाएको रेकर्ड टुट्न लामो समय लाग्यो। १९९९ देखि २०१५ सम्म पाकिस्तानको लागि ५ वटा विश्वकप खेलेका अफिदीले २७ खेलमा ३० विकेट लिएका अफ्रिदीले एकदिवसीय विश्वकप जितेको स्वाद भने पाउन सकेनन्।
कुमार साँगाकारा
महान क्रिकेटरको सुचीमा साँगाकारा पनि माथिल्लो क्रममै रहनेगर्छन्। २००७ र २०११ को फाइनलमा श्रीलंका पुगे पनि जितबाट भने टिम चुक्न पुग्यो र चुके साँगाकारा पनि।
सन् २००३ देखि २०१५ को विश्वकप खेलेका साँगाले विश्वकपमा ३७ खेल खेल्दा ५ शतक र ७ अर्धशतक मदतले १५३२ रन बनाए। विश्वकपमा धेरै रन बनाउने सुचीमा उनि तेश्रो नम्बरमा रहेका छन्।५ विश्वकपमा साँगाकाराले ४ शतक बनाउदै उत्कृस्टता सावित गरे।
यी बाहेक इंग्ल्याण्डका महान क्रिकेटर इयान बोथाम र ग्राहम गुच तथा दक्षिण अफ्रीकाका ल्यान्स क्लुसनर, भारतका राहुल द्रविड, श्रीलंकाका महेला जयवर्द्धने जस्ता क्रिकेटरले पनि महान क्रिकेटर हुँदाहुँदै विश्वकप उपाधि भने जित्न सकेनन्।