- विकेटनेपाल, भदौ २७
इंग्ल्याण्ड क्रिकेटर जेम्स एण्डरसन टेस्ट क्रिकेटमा बिश्वकै सबैभन्दा धेरै विकेट लिने फास्ट बलर बनेका छन्।
भारतबिरुद्ध सम्पन्न टेस्ट सिरिजको पाँचौ टेस्टको दोश्रो इनिंगमा मोहम्मद शमीलाई बोल्ड गर्दै उमेरले ३६ बर्ष नाघेका एण्डरसनले महान अस्ट्रेलिया बलर ग्लेन म्याकग्राथलाई पछि छोडेका हुन्। कुल ५६३ विकेट सहित धेरै विकेट लिने तिब्र गति बलरको सुचीमा २००७ मा अन्तिम टेस्ट खेलेका म्याकग्राथलाई पछि छोड्ने क्रममा एण्डरसनले १४३ खेलको २६७ इनिंगमा बलिङ्ग गरेका छन्।
सन् २००३ मा जिम्बाबेसंग लर्ड्स मैदानमा पहिलो टेस्ट खेलेका दायाँ हाते स्विंग मास्टर एन्डरसनले रेकर्ड कायम गर्न २६ पटक ५ विकेट र ३ पटक १० विकेट लिएका छन्। भारतसंग सम्पन्न सिरिजको ५ टेस्टमा कुल २४ विकेट लिंदै एण्डरसनले टेस्ट सिरिज जिताउन महत्वपूर्ण योगदान मात्रै दिएनन् आफुलाई महान क्रिकेटरको सुचीमा समेत उभ्याउन पुगे।
खेल – १४३ , इनिंग – २६७ , बल – ३१,५०० , खर्चेको रन – १५,१४० , विकेट – ५६४
उत्कृस्ट बलिङ्ग स्पेल – ७/४२ ( बिरुद्ध – वेस्ट इन्डिज , सन् २०१७ )
औशत – २६.८४ , स्ट्राइक रेट – ५५.८ , इकोनोमी – २.८८
४ विकेट – २७ पटक , ५ विकेट – २६ पटक , १० विकेट – ३ पटक

टेस्ट क्रिकेटमा धेरै विकेट लिने सुचीमा चौथो
फास्ट बलरहरुको सुचीमा पहिलो स्थानमा भए पनि धेरै विकेट लिने समग्र बलरहरुको सुचीमा एन्डरसन चौथो स्थानमा रहेका छन्। टेस्टमा धेरै विकेट लिने बलरहरुको सुचीमा कुल ८०० विकेट सहित श्रीलंकन रहस्यमयी स्पिनर मुथैया मुरलीधरन शिर्ष स्थानमा रहेका छन्। यस्तै दोश्रो स्थानमा अस्ट्रेलियन लेग स्पिनर शेन वार्न ७०८ विकेट सहित छन् भने तेश्रो स्थानमा रहेका भारतीय लेग स्पिनर अनिल कुम्बलेले ६१९ विकेट लिएका छन्।
टेस्टमा धेरै विकेट लिने १० बलर
१. मुथैया मुरलीधरन – ८०० विकेट ( १३३ खेलको २३० इनिंग ) स्पिनर – श्रीलंका
२. शेन वार्न – ७०८ विकेट ( १४५ खेलको २७३ इनिंग ) स्पिनर – अस्ट्रेलिया
३. अनिल कुम्बले – ६१९ विकेट ( १३२ खेलको २३६ इनिंग ) स्पिनर – भारत
४. जेम्स एण्डरसन – ५६४ विकेट ( १४३ खेलको २६७ इनिंग ) , फास्ट बलर – इंग्ल्याण्ड
५. ग्लेन म्याकग्राथ – ५६४ विकेट ( १२४ खेलको २४३ इनिंग ) , फास्ट बलर – अस्ट्रेलिया
६. कर्टनि वालश – ५१९ विकेट ( १३२ खेलको २४२ इनिंग ) , फास्ट बलर – वेस्ट इन्डिज
७. कपिल देभ – ४३४ विकेट ( १३१ खेलको २२७ इनिंग ) , फास्ट बलर – भारत
८. स्टुवार्ट ब्रड – ४३३ विकेट ( १२३ खेलको २२५ इनिंग ) , फास्ट बलर – इंग्ल्याण्ड
९. सर रिचर्ड हेडली – ४३१ विकेट ( ८६ खेलको १५० इनिंग ) , फास्ट बलर – न्युजिल्याण्ड
१०. रंगना हेराथ – ४३० विकेट ( ९२ खेलको १६८ इनिंग ) , स्पिनर – श्रीलंका