सानिमा जीआईसी इन्सुरेन्सलाई सीई कर्पोरेट टि-टेन क्रिकेटको उपाधि

काठमाडौं, ५ असोज, सानिमा जीआईसी इन्सुरेन्सले सीई कर्पोरेट टि-टेन इन्डोर क्रिकेट प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको छ।

शुक्रबार राति काठमाण्डौ, चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न फाइनलमा सानिमाले एनएलजी इन्सुरेन्सलाई १६ रनले पराजित गर्यो। सेमीफाइनलमा एनएलजीले सिद्धार्थ बैंकलाई तथा सानिमाले डिफेन्डिङ च्याम्पियन सलिकोलाई पराजित गरेको थियो।

सानिमा जीआईसीले लिएको ६४ रनको लक्ष्य पछ्याएको एनएलजी इन्सुरेन्सले ९ ओभरमा सबै ७ विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो।

एनएलजीको ब्याटिंगमा समिर खड्काले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न असफल रहे। सानिमाका बलर कृष्ण रिमाल र निराजन बोहराले समान २ विकेट तथा अनिल भुजेल र गौरभ गौतमले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको सानिमा जीआईसीले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ६३ रन बनाएको थियो। १९ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको लागि अभिषेक पोखरेल र अनिल भुजेलले अविजित ४४ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। प्लेयर अफ द फाइनल घोषित अभिषेकले २५ बलमा २ चौका र १ छक्का मद्दतले २९ तथा अनिलले १२ बलमा ११ रन बनाए। एनएलजीका गिरिजा खड्काले २ तथा समिर खड्काले १ विकेट लिए।

उपाधि विजेता सानिमा जीआईसी ६० हजार रुपैयाँ तथा उप-विजेता एनएलजी इन्सुरेन्सले ३० हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी “किंग अफ द सिरिज” एनएलजी इन्सुरेन्सका राम प्रकाश मण्डल घोषित भए जसले १० हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट बलर एनएलजीका सुजन लाल श्रेष्ठ, उत्कृस्ट ब्याटर रिलायबल लाइफ इन्सुरेन्सका कल्याण राज हलवाई तथा उत्कृस्ट विकेटकिपर एनएलजीका गिरिजा खड्का घोषित भए जसले ५/५ हजार रुपैयाँ पाए। विजेता खेलाडीहरुले सुमंगल डायगनोस्टिक, केकेएफसी, कुण्डलिनी डेन्टल क्लिनिक सीई कन्स्ट्रक्सनको तर्फबाट बिभिन्न उपहार प्याकेज पनि पाएका छन्।

सीई कन्स्ट्रक्सनद्वारा आयोजित प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागिता रहेको थियो। दुई दिन चलेको प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा खेलाइएको थियो।





थप समाचार

एनपिएलका लागि खेलाडी रजिस्ट्रेसन खुला

नेपाल प्रिमियर लिग(एनपिएल) ले खेलाडी रजिस्ट्रेसन खुला गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार एक विज्ञप्ती जारी गर्दै पहिलो […]

दक्षिण अफ्रिकाविरुद्धको सिरिज अफगानिस्तानलाई 

अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध १ खेल अगावै ऐतिहासिक ओडिआई सिरिज जितेको छ । अफगानिस्तानले दोस्रो ओडिआई खेलमा १ सय ७७ रनको […]

युएईको लिग टुमा पहिलो जित

काठमाडौं । युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ । पहिलो जित निकाल्नेक्रममा युएईले नामिबियामाथि […]

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]