धनगढी प्रिमियर लिगले पायो आईसीसीको मान्यता

विकेटनेपाल, माघ-९ – बुधबार

यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग ‘डिपिएल’को तेश्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले मान्यता दिएको छ।

धनगढी प्रिमियर लिग आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार बेलुका प्रेस बिज्ञप्ति जारि गर्दै प्रतियोगिता आईसीसीको मान्यता प्राप्त भएको बताएको छ। एकेडेमीका अध्यक्ष सुवाश शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा आइसिसीले मान्यतासँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेत जानकारी गराइसकेको उल्लेख छ।

नेपालमा क्रिकेट संघ प्रतिबन्धित रहेको अवस्थामा आईसीसीले नेपालमा घरेलु क्रिकेट प्रतियोगिता आयोजना हुँदा २० हजार डलर शुल्क लिएर प्रतियोगिताको मान्यता लिनु पर्ने अनिवार्य गरेको छ। सोहि अनुरुप डिपिएल आयोजकले २० हजार डलर बुझाएर आईसीसीको मापदण्डहरु पुरा गरेपछि मान्यता पाएको हो।

प्रत्येक सिजन नेपालमा आयोजना हुने लिगहरुले आईसीसीको मान्यताको लागि महँगो रकम बुझाउने गरेको छ। यस अघि एभरेस्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगले पनि आईसीसीबाट मान्यता लिएर प्रतियोगिता आयोजना गरेको थियो।

धनगढी प्रिमियर लिगको प्रत्येक टिमको अन्तिम-११ मा २ जना बिदेशी खेलाडीहरु समेत अनिवार्य गरिएको छ। बिदेशी खेलाडीहरु प्रतियोगितामा खेल्नको लागि प्रतियोगिता आईसीसीको मान्यता प्राप्त हुनुपर्छ जसले गर्दा सम्बन्धित देशको बोर्डबाट उक्त देशका राष्ट्रिय खेलाडीहरुले अनुमति लिएर डिपिएल खेल्न आउने बाटो खुल्ने गर्छ।

टिम चौराहा धनगढीले गत सिजन लिग जितेको थियो

डिपिएलको गत सिजन युएई टिमका कप्तान रोहन मुस्तफा, हंगकंग खेलाडी बाबर हायात लगायत अन्य देशका खेलाडीहरु पनि खेलेका थिए। यो सिजन पनि बिदेशी खेलाडीहरु प्रतियोगिता खेल्न आउने ढोका अब खुलेको छ।

सन्नी पटेल, जयकिशन कोल्सावाला जस्ता भारतीय खेलाडीहरु भने नेपाली लिग खेल्न भारतीय क्रिकेट बोर्डको अनुमति बिना आउने गर्छन्। भारतीय खेलाडीहरुलाई बिसीसीआईले अन्य देशको लिगमा खेल्ने अनुमति दिने गरेको छैन। आईपीएल खेलीसकेका भारतीय खेलाडीहरु नेपाल आउदा उनीहरुले भने भारतीय बोर्डको मान्यता लिएका हुँदैनन्। भारत बाहिर अन्य देशका खेलाडीहरु भने सम्बन्धित देशको बोर्डको अनुमति लिएर खेल्न आउने गर्छन्।

क्रिकेट खेलमा फिक्सिंग जस्ता काण्डहरु हुने हुँदा आईसीसीको मान्यता लिएको प्रतियोगिताले एन्टी करप्सन युनिट अनिवार्य राख्नुपर्छ जसले प्रतियोगिताको निगरानी गर्नेगर्छ। यस्तै मान्यता प्रदान गरेपछि  आईसीसीले आफ्नो सदस्य राष्ट्रहरुलाई पत्रपठाएर प्रतियोगिता खेल्न खेलाडीहरु पठाउन खुला गर्नेगर्छ।

डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा फाप्ला क्रिकेट मैदानमा हुदैछ। लिगमा यो पटक पनि ६ वटा सहरको प्रतिनिधित्व गर्ने टोलिहरु रहेका छन् जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन्। यो पटक पनि डिपिएलले आफुलाई सर्वाधिक धनराशीको प्रतियोगिता हुने घोषणा गरिसकेको छ।

६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५-१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।

टी-२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

डिपीएल अक्सनमा बिनोद भण्डारी , ललित भण्डारी, आरिफ शेख, ललित राजबंशी, भिम शार्की सर्वाधिक मूल्य २ लाख ५० हजार रुपैयाँमा बिक्रि भएका थिए।

सम्पूर्ण सुची 

टिम र रणनीतिक खेलाडीहरु – 

धनगढी स्टार्स – सोमपाल कामि
महेन्द्रनगर युनाइटेड – शरद भेसावकर
बिराटनगर किंग्स –करन केसी
रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी
काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल
सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डीपीएललाई यसवर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको छ।

विजय डिस्टिलरी र आयोजकका बीच यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाखको कीर्तिमानी सम्झौता भएको थियो।

आगामी तीनवर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो। सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ।

प्रतियोगिताको इतिहास

देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण सम्पन्न गरिएको थियो। डीपीएल देशमै पहिलोपल्ट ६ वटा फ्रेन्चाइजी शहरहरुको नाममा टोली बनाउँदै अक्सन गराउने प्रतियोगिता पनि हो।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो। पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो।

पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० रुपैयाँ थियो। यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो।

यस्तै अर्को वर्ष सन २०११ (१३ लाख बजेट, प्रथम पुरस्कार १ लाख) मा एसपीए कपको दोस्रो संस्करण, सन २०१३ (२५ लाख बजेट, प्रथम पुरस्कार २ लाख) मा एसपीए कपको तेस्रो संस्करण र सन २०१५ मा चौथो संस्करण गरिएको थियो। चौथो संस्करणको प्रतियोगिताको बजेट ६० लाख थियो भने विजेता टोलीले ५ लाख तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ पाएका थिए।

त्यस्तै क्षेत्रीय स्तरमा पहिलो पटक विभिन्न ५ वटा स्थानहरुको नामबाट टिम बनाएर अक्सनद्धारा डीसीएल (धनगढी क्रिकेट लिग) २०१५ मा सञ्चालन गरिएको थियो। त्यसलाई बृहत रुप दिदै तीनवर्ष अघिबाट डीपीएल सुरु गरिएको हो।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]