अन्यायपूर्ण नियमले हार्यो न्युजिल्याण्ड ? ट्वीटरमा आईसीसीको नियमको बिरोध

२०७६ असार ३०, सोमबार २२:०४

एकदिवसीय विश्वकप फाइनलमा धेरै चौका/छक्का प्रहार गर्ने टिमलाई विजेता घोषणा गर्दा राम्रो खेल्दा खेल्दै न्युजिल्याण्ड क्रिकेट टिम उपाधि जित्नबाट बन्चित हुन पुग्यो। खेल जित्नको लागि सम्पूर्ण काम गरेतापनि उपाधि इंग्ल्याण्डको पक्षमा जान पुग्यो।

पहिलो पटक इंग्ल्याण्डले उपाधि जित्ने क्रममा पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रन लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले २४१ रननै बनायो र योगफल बराबरी हुन पुग्यो। सुपर ओभरमा खेल पुग्यो जसमा पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले १५ रन बनायो र लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले पनि १५ रननै बनायो। सुपर ओभर पनि बराबरी हुँदा इंग्ल्याण्डलाई धेरै चौका/छक्का प्रहार गरेको आधारमा विजेता घोषणा गरियो।

सुपर ओभर बराबरी भएमा बाउन्ड्रीको आधारमा विजेता घोषणा गर्ने नियम पुरानो भए पनि विश्वकप फाइनलमा न्युजिल्याण्ड पराजित हुँदा विश्वभरका क्रिकेटर, क्रिकेट पण्डित तथा फ्यानहरुले आईसीसीको नियम न्यायसंगत नभएको र यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्।

“क्रिकेटको केहि नियमलाई गम्भीर पुनर्विचार गर्नुपर्छ” भारतीय क्रिकेटर रोहित शर्माले न्युजिल्याण्डको हार पछि ट्वीट गरेका छन्। यस्तै भारतीय पुर्व क्रिकेटर गौतम गम्भीरले आईसीसीको नियम हास्यास्पद रहेको बताएका छन्।

सामाजिक संजालमा आईसीसीको नियमबारे गरिएको ट्वीटहरु   

अस्ट्रेलियन पुर्व क्रिकेटर ब्रेट लिले विजेता तय गर्ने यो भयानक निर्णय भएको बताउदै यो नियम परिवर्तन गर्नु पर्ने बताएका छन्।

अर्का भारतीय पुर्व क्रिकेटर मोहम्मद कैफले यो नियम पचाउन मुस्किल भएको बताएका छन् र यसरी विजेता तय गर्नु भन्दा बरु ट्रफी बाँड्नु न्यायसंगत हुने लेखेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy