विश्वकप टिममा बारम्बार वेवास्ता पछि रायडुको सन्यास, कारण यस्तो

भारतीय क्रिकेटर अम्बाती रायडुले क्रिकेटको सबै फरम्याट सन्यासको घोषणा गरेका छन्। उनले बोर्ड अफ क्रिकेट फर कन्ट्रोल इन इन्डिया (बिसिसीआई) लाई एक इमेल लेखेर अप्रत्यासित रुपमा यस्तो घोषणा गरेका हुन्।

“२५ बर्ष विभिन्न स्तरको क्रिकेट खेलें। मलाई सहयोग गर्नुहुने घरेलु क्रिकेट बोर्डहरु, आइपिएल टिमहरु र भारतीय क्रिकेट बोर्डलाई धन्यबाद। आफ्नो देशको लागि क्रिकेट खेल्न पाउनु मेरो लागि गर्वको बिषय हो। महेन्द्र सिंह धोनी, रोहित शर्मा र विराट कोहली जसको कप्तानीमा मैले खेल्ने मौका पाए, सबैलाई धन्यवाद। बिशेष धन्यवाद भारतीय टिममा हुँदा म माथि बिश्वास गर्ने कप्तान कोहलीलाई।”

जारि एकदिवसीय विश्वकपको टिममा स्थान बनाउन नसकेका रायडुलाई विश्वकपमा शिखर धवन र विजय शंकर घाइते हुँदा समेत प्रतिस्थापनको रुपमा बोलाईएको थिएन।

सन्यास लिने कारण यस्तो 

३३ वर्षीय भारतीय मध्यक्रमका ब्याट्सम्यान रायडुले अन्तर्राष्ट्रिय क्रिकेटको साथै इन्डियन प्रिमियर लिगबाट समेत सन्यासको घोषणा गरेका छन्। उनले एकदिवसीय क्रिकेटमा ध्यान केन्द्रित गर्न भन्दै सन् २०१८ मा क्रिकेटको लामो संस्करणबाट सन्यासको घोषणा गरिसकेका थिए। तर त्यसको एकबर्ष पनि बित्न नपाउंदै सबै फर्म्याटबाट सन्यास घोषणा गर्नु आश्चर्यजनक रहेको छ।

रायडुलाई भारतको विश्वकप टिममा चौथो नम्बरमा ब्याटिंग गर्ने दाबेदार खेलाडीको रुपमा हेरिएको थियो। तर प्रतियोगिता अघिको उनको घट्दो फर्मका कारण उनले टिममा स्थान दिईएको थिएन। उनको सट्टा विजय शंकरलाई स्थान दिईयो।

विश्वकपमा भारतले घाइते ओपनर शिखर धवनको स्थानमा रायडुलाई मौका नदिंदै रिशभ पन्तलाई तथा त्यसपछि विजय शंकर घाइते हुँदा मायाँक अग्रवाललाई मौका दिईएको थियो। अग्रवाल विश्वकपमा बैकल्पिक खेलाडीको सुचिमा थिएनन् भने उक्त सुचिमा भएका रायडुलाई मौका पाएनन्।

त्यो ट्वीट 

रायडु सन्यास लिने ठुलो निर्णयको सुरुवात विश्वकप टिममा नपर्नुले भन्दा पनि भारतीय टिमका प्रमुख छनौट कर्ता एमएसके प्रसादलाई जिस्क्याउदै गरेको ट्वीट पछि बिसीसीआईसंगको सम्बन्धलाई पनि मानिएको छ।

विश्वकपको लागि भारतीय टिमको घोषणा गर्दा भारतीय टिमका मुख्य छनोटकर्ता एमएसके प्रसादले रायडुलाई विश्वकपको लागि बैकल्पिकमा खेलाडीको सुचिमा राखिएको र उनको स्थानमा अलराउण्डर विजय शंकरलाई सामेल गरिएको बताएका थिए। प्रसादले शंकर ब्याटिंग, बलिंग र फिल्डिंगमा राम्रो प्रदर्शन गर्ने भएकाले उनको ‘थ्री-डी’ क्षमतालाई मध्यनजर गर्दै टिममा सामेल गरिएको बताएका थिए।

रायडुले छनौटकर्ताको बयानपछी प्रसादलाई व्यंग्यात्मक ट्वीट गर्दै विश्वकप टिभीमा हेर्न थ्री-डी चस्मा किनेको भन्दै ट्विट गरेका थिए। सोहि ट्विटको कारण दुई खेलाडी घाइते हुँदा पनि उनले टिममा स्थान नपाएको छर्लङ्ग छ।

भारतीय बोर्डले उनको सन्यास पुस्टि गर्दै सन्यासको कारण उनले नखुलाएको बताएको छ –

“हामीले उनको इमेल आज बिहान प्राप्त गरेका छौँ। उनले सन्यासको कारण खुलाएका छैनन्। इमेलमा उनले बिसीसीआई र आफुले खेलेका कप्तानहरुलाई धन्यवाद दिएका छन्” बिसीसीआईका एक अधिकारीले द इन्डियन एक्सप्रेसलाई बताएका छन्।

सन् २०१३ मा जिम्बाबे बिरुद्ध एकदिवसीयमा डेब्यु गरेका दायाँ हाते ब्याट्सम्यान रायडुले भारतको लागि ५५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ३ शतक र १० अर्धशतक प्रहार गरेका छन्। ४७.०५ को औशतले १६९४ रन बनाएका रायडुले ५ टि-२० अन्तर्राष्ट्रिय खेल्दै ४२ रन बनाएका छन्। अन्तिम पटक उनले यसरी वर्ष मार्चमा अस्ट्रेलियासंग खेलेका थिए।

सन् २०१० देखि आईपीएल खेलेका रायडुले मुम्बई इन्डीएन्स, चेन्नाई सुपर किंग्सको प्रतिनिधित्व गरेका थिए। त्यसक्रममा उनले १४७ खेल खेल्दै ३,३०० रन बनाएका छन्। यस क्रममा उनको सर्वाधिक स्कोर अविजित १०० रहेको थियो भने २८.६९ ओ औशत र १२५.९५ को स्ट्राइक रेटले रन बनाएका थिए।

१६ वर्षको उमेरमा सन् २००२ मा भारत यु-१९ को लागि खेल्दै उनले इन्ग्यांड यु-१९ बिरुद्ध ओप्निंग ब्याटिंग गर्दै अविजित १७७ रन बनाएपछि उनलाई भारतको भविष्यको रुपमा हेरिएको थियो। त्यसपछि उनले २००४ यु-१९ विश्वकपमा भारतको प्रतिनिधित्व गरेका थिए। सन् २००७ मा विवादास्पद इन्डियन क्रिकेट लिग प्रतियोगिता खेल्नुको कारण रायडुको भारतीय टिमको डेब्युमा ढिलाई भएको मानिन्छ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]