ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनवीर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।
तनवीर, रिजन र लुक बेन्केन्सटेइनले ३-३ विकेट लिएपछि १६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमा अलआउट भयो ।
यस अघि टस हारेर ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो।
चितवनको ब्याटिंगमा रभी बोपाराले सर्वाधिक ५१ रन बनाए जुन क्रममा ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान कुशल मल्लले ३८ रन बनाए जुन क्रममा २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे। लुक बेन्केन्सटिनले १६, हसन इसाखिलले १५, अमर सिंह रौटेलाले अविजित १३ तथा शरद भेसावकरले अविजित ११ रन बनाए।
४६ रनमा ३ विकेट गुमेको अवास्स्थामा कप्तान कुशल मल्ल र रभी बोपरा बीच ६८ रनको साझेदारी भयो।