PM Cup Women’s : अप्सरीको लगातार दोश्रो अर्धशतक, प्रदेश-१ सेमीफाइनलमा

बागमती प्रदेशलाई ५६ रनले पराजित गर्दै प्रदेश नम्बर-१ प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ बाट प्रदेश-१ को साथै लुम्बिनी प्रदेश पनि समान दुई जितको साथ सेमीफाइनल पुगेको छ। कर्णाली र बागमती प्रदेश एक खेल खेल्न बाँकी रहेता पनि सेमीफाइनल रेसबाट बाहिर भएको छ।

फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले २० ओभरमा ८ विकेट क्षेतीमा ५९ रन मात्र बनाउन सक्यो। सुमन खतिवडाले २१ तथा अश्मिना कर्माचार्यले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रदेश-१ को बलिंगमा रुबिना क्षेत्री, ज्योति दनवार र अलिशा खडीयाले समान एक विकेट लिए। बागमतीका ६ ब्याटर रन आउट भए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा ११४ रन बनाएको थियो।

प्रदेश-१ को ब्याटिंगमा अप्सरी बेगमले लगातार दोश्रो अर्धशतक बनाउने क्रममा अविजित ५१ रन बनाउने क्रममा ६१ बलमा २ चौका प्रहार गरिन्। यस्तै स्मृति कटुवालले २० तथा सबनम राईले १५ रन बनाईन्। तेश्रो विकेटको लागि अप्सरी र स्मृतिले ५२ रनको तथा पाँचौ विकेटको लागि अप्सरी र सबनमले ४२ रनको साझेदारी गरे।

बागमती प्रदेशको बलिंगमा अस्मिना कर्माचार्य ( ४-०-२३-२ ) र खुसि डंगोलले ( ४-०-२६-२ ) समान दुई विकेट लिए।

प्रतियोगिता अन्तर्गत सोमबार समुह ‘बि’ अन्तर्गतका दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र शशस्त्र प्रहरी बल ( एपीएफ ) तथा दोश्रो खेलमा दिनुसो १ बजे प्रदेश-२ र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]