ट्वीटरमा अस्ट्रेलियन फ्यान र मिडियाले यसरी गरे सन्दिपको चर्चा

  • विकेटनेपाल, पुष १७ , मंगलबार 

बिग ब्यास लिगमा पहिलो पटक खेल्ने क्रममा उत्कृस्ट प्रदर्शन गरेपछि सन्दिप लामिछानेले अस्ट्रेलियामा पनि धेरै फ्यानहरु बटुलेका छन्।लिगको ४ खेलमा ८ विकेट लिएका सन्दिपको प्रसंशा लिगको क्रममा कमेन्टेटरहरुले मात्रै हैन अस्ट्रेलियन क्रिकेट समर्थकहरुले पनि गरिरहेका छन्। सामाजिक संजाल ट्वीटरमा सन्दिपको प्रसंशा गर्दै अस्ट्रेलियन समर्थकहरु द्वारा गरिएको पोस्टहरु देख्दा सन्दिपको चर्चा स्पस्ट देख्न सकिन्छ।

बंगलादेश प्रिमियर लिग खेल्न बुधबार बंगलादेश प्रस्थान गर्नु अघि सन्दिपले खेलेको अन्तिम खेलको दौरान र खेल पछि धेरै अस्ट्रेलियन समर्थकहरुले सन्दिपको बारे पोस्ट गरेका छन् भने अस्ट्रेलियन मिडियाले पनि लगातार सन्दिपको चर्चा गरिरहेका छन्। तिनै पोस्टहरुलाई यहाँ संकलन गरेका छौ –

सन्दिपको एक अस्ट्रेलियन महिला समर्थकले सन्दिप बिग ब्यास लिग छोडेर बंगलादेश प्रिमियर लिग खेल्न जानलागेकोमा चिन्ता ब्यक्त गर्दै पोस्ट गरेकी छिन् –

एक समर्थकले सन्दिपको तारिफ गर्दै उनले आफ्नै बलमा लेगस्पिन सिकेको जसको लागि युट्युबमा शेन वार्नको भिडियो हेरेको लेखेका छन् –

एक अर्का समर्थकले सन्दिपबारे लामो ट्वीट गर्दै सन्दिप निकै प्रतिभावान हुँदाहुँदै उनले कहिले टेस्ट क्रिकेट खेल्न नपाउने भन्दै चिन्ता ब्यक्त गरेका छन् –

बिग ब्यास लिगको अधिकारिक ट्विटर ह्यान्डलले सन्दिपलाई धन्यवाद दिंदै ४ वटा खेलमा दिएको मनोरन्जनको लागि धन्यवाद दिंदै पोस्ट गरेको छ र सन्दिपको नेपाली समर्थकहरुसंगको फोटो पनि पोस्ट गरेको छ

अस्ट्रेलियाको हेराल्डसनका चर्चित खेल पत्रकार स्याम ल्याण्डबर्गरले सन्दिपले समर्थकहरुसंग फोटो खिचाउदै गर्दाको फोटो राखेर खेल सकिएको ५० मिनेट पछि पनि सन्दिप अझै समर्थकहरुलाई अटोग्राफ दिनमा ब्यस्त रहेकोमा दंग परेको भन्दै ट्वीट गरेका छन् –

सन्दिपको टिम मेलबर्न स्टार्सले पनि सन्दिपले समर्थकहरुलाई अटोग्राफ दिएको फोटो राख्दै उनि दर्शकको प्रिय भएको पोस्ट गरेको छ

स्टार्सले खेलको दौरान मैदानमा नेपाली झन्डा सहित उपस्थित नेपाली समर्थकहरुको फोटो समेत राखेको छ

एक समर्थकले सन्दिपले कलिलो उमेरमा रशिद खानले जस्तो काम गरेको लेख्दै सन्दिपले गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई फाइदा पुग्ने पोस्ट गरेकी छिन्





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]