आइपीएल : राजस्थान र गुजरात भिड्दै

काठमाडौं । १७ औँ संस्करणको ईण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुँदै छ।

राजस्थानको घरेलु मैदान सवाइमान सिंह क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ।

जारी आइपीएलमा एक मात्र अपराजित टोली राजस्थानले चार खेल खेल्दै चारमा नै जित हात पारेको छ । राजस्थानले पहिलो खेलमा लखनाउ सुपर जायन्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको थियो ।

तेस्रो खेलमा मुम्बई इन्डियन्स तथा चौथो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको थियो ।

उता, गुजरात टाईटन्स पाँच खेलमा दुई जित र तीन हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको गुजरात दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

गुजरातले तेस्रो खेलमा सनराईजर्स हैदराबादलाई हराएको थियो । गुजरात चौथो र पाँचौं खेलमा क्रमशः पन्जाब किंग्स र लखनाउ सुपर जायन्ट्ससँग पराजित भएको थियो ।

आइपीएल ईतिहासमा हालसम्म यि दुई टोलीबीच पाँच खेल भएकामा गुजरात चार खेलमा विजयी हुँदा एक खेल राजस्थानले जितेको छ ।

यस लिगमा १० टोलीको सहभागीता रहेको छ ।

 





थप समाचार

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]

क्यानडासँग हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । ओडिआई ईतिहासमा क्यानडासँग […]